तीन वर्षमा बानाको आम्दानी तीन लाख ६८ हजार अमेरिकी डलर
बाल्टिमोर । बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका (बाना) ले पछिल्लो दिन वर्षमा तीन लाख ६९ हजार नौ सय ५६ अमेरिकी डलर आम्दानी गरेको छ ।
बानाको १७ औं वार्षिक साधरण सभामा कोषाध्यक्ष भिम केसीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा सो आम्दानी देखाइएको हो।
आर्थिक प्रतिवेदनमा उल्लेख विवरण अनुसार बानाले सन् २०२० मा ३९ हजार तीन सय २७ डलर आम्दानी गरेको थियो । २०२१ मा एक लाख ३५ हजार आठ सय ७१ डलर आम्दानी गरेको बानाले चालुआर्थिक वर्षमा अहिले सम्म एक लाख ९३ हजार सात सय ५८ डलर आम्दानी गरेको छ।
सन् २०२० मा ५० हजार ६ सय ७९ डलर खर्च देखाइएको रिपोर्टमा २०२१ मा एक लाख ३३ हजार ८ सय ७५ डलर बानाले खर्च गरेको छ। यस वर्षमा अहिले सम्म बानाले १४ हजार नौ सय ९१ डलर खर्च गरेको छ। कोषाध्यक्षको रिपोर्टमा हाल बैक मौदात एक लाख ७६ हजार चार सय ५५ डलर रहेको देखाइएको छ।
बानाको सबै भन्दा ठूलो आम्दानीको स्रोत काउन्टीको सहयोग रहेको छ। यस वर्ष मात्र बानाले एक लाख २५ हजार डलर काउन्टीबाट पाएको छ। यस्तै सदस्यता शुल्कबाट बानाले ५५ हजार तीन सय १७ डलर उठाएको छ। उमेदवार शुल्कबाट दश हजार पाँच सय ५० डलर आम्दानी गरेको बानाले चन्दाबाट दुई हजार आठ सय ९१ डलर पाएको छ।
बानाको सबै भन्दा ठूलो खर्च मोर्गेजमा रहेको छ। २०२२ मा अहिले सम्म सात हजार चार सय ७० डलर मोर्गेज तिरेको छ।
सन् २०२१ मा बानाको सबै भन्दा धेरै आम्दानीको स्रोत इभेन्ट प्रायोजकबाट पाएको छ। यो शिर्षकमा बानाले ४८ हजार दुई सय २९ डलर कमाएको छ। अघिल्लो वर्ष बानाले चन्दाबाट ३१ हजार तीन सय १४ डलर आम्दानी गरेको छ।
सन् २०२१ मा पनि बानाको सबै भन्दा धेरै खर्च मोर्गेज नै गरेको छ। जुन शिर्षकमा बानाले ३० हजार ६४ डलर खर्च गरेको छ।
साधरण सभाले कोषाध्यक्ष र अध्यक्ष दुबैको प्रतिवेदन पारित गरेको छ। अध्यक्ष सुबोध विलास पन्तले सन् २०२१ देखि हाल सम्म एक दर्शन भन्दा बढी कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन पेश गरेका थिए। पन्तले आफ्नो कार्यकालमा मुख्तय स्वास्थ, सांस्कृतिक, खेलकुद क्षेत्रमा गरिएका कार्यक्रमको विवरण प्रतिवदेनमा उल्लेख गरेका थिए। अध्यक्षको प्रतिवेदनलाई पनि साधरण सभाले पारित गरेको छ।
पद हस्तान्तरण
साधरण सभा पछि बानाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ। अप्रिल पहिलो साता भएको निर्वाचनमा सुबोध पन्त दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। पन्तले आफ्नै कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हिरा गुरुङ्गलाई पराजित गरेका थिए।
नवनिर्वाचित टिमलाई प्रमुख निर्वाचन आयुक्त डाक्टर कृष्ण ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
पदभारग्रहण गरेको टिमलाई प्रमुख अथिति अवैतनीक महाबाणिज्यदूत प्रेमराजा महत, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त,प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले बदाई तथा शुभ कामना दिएका थिए। यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष सुभाष घिमिरे, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, बाना ट्रष्टिका अध्यक्ष कुलमाणि आचार्य लगायतले कार्यकाल सफलताको शुभ कामना दिएका थिए।