एमालेले टुङ्ग्यायो पाँच महानगरको उमेदवार : काठमाडौमा केशव स्थापित, पोखरामा दिपक पौडेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विराटनगर बाहेकका महानगरपालिकामा मेयर उमेदवार टुङोलगाएको छ।
बालकोट स्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवास शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले महानगरका उमेदवारको टुङोलगाएको हो।
एमालेले काठमाडौँमा पूर्व मेयर केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपमेयरमा सुनीता डंगोल एमालेबाट चुनाव लड्नेछिन्। पूर्व मिस नेवा सुनीता स्वतन्त्रबाट मेयरमा उमेवारी घोषणा गरेकी थिएन्।
एमालले पोखरामा मेयरमा दीपक पौडललाई उमेदवार बनाउने निर्णय गरेको छ। उपमेयरमा भने पुनः मञ्जु गुरुङलाई नै दोहोर्याउने निर्णय एमालेले गरेको छ।
यस्तै ललितपुर महानगरपालिकामा यस अगाडिको निर्वाचनमा पराजित हरिकृष्ण व्यञ्जनकार पुन मेयरको उम्मेदवार बनाएको छ । व्यञ्जनकार ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए। ललितपुरको उपमेयरमा मञ्जली शाक्य एमाले उमेदवार बन्ने छिन् ।
एमालेले भरतपुरमा पूर्व प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुवेदीले मेयरमा चुनाव लड्न प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।
एमालेमा नवप्रवेसी विजयी सरावगी वीरगंज महानगरमा एमालेले उमेदवार हुनेछन्। सरावगी मेयर टिकट पक्का भए पछि मात्र जनता समाजवादी पार्टी एमाले प्रवेश गरेका हुन्।
वीरगंजको उपमेयर र विराटनगर महानगरपालिकामा भने एमालले टुङगो लगाएको छैन् ।