मेक्सीको र क्यानडाबाट स्थलमार्ग हुदै अमेरिका प्रवेस गर्दा कोभिड खोप अनिवार्य
वासिङ्टन, डीसी । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस)ले क्यानडा र मेक्सीकोबाट स्थल मार्ग हुदै अमेरिका प्रवेस गर्ने गैर अमेरिकीका लागि कोभिड १९ खोप अनिवार्य गरेको छ।
डीएचएसले बिहिवार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो। “गैर-अमेरिकी यात्रुहरूलाई मेक्सिको र क्यानाडा सीमानाहरूमा ल्यान्ड पोर्ट अफ एन्ट्री र फेरी टर्मिनलहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूलाई पूर्ण रूपमा खोप लगाउन जारी राख्नेछ।” विज्ञप्तिमा भनिएको छ।
यो बाध्यकारी व्यवस्था अमेरिकी नागरिक र कानुनी स्थायी बासिन्दाहरुका लागि भने लागु हुने छैन्।
रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) र धेरै अन्य संघीय एजेन्सीहरूसँग परामर्श यस्तो व्यवस्था गरिएको डीएचएसले प्रष्टाएको छ।
“सीडीसीका अनुसार, खोप मानिसलाई कोभिड-१९ रोग वा मृत्युबाट जोगाउन,कोभिड संक्रमणलाई फैलन नदिन र नयाँ केश देखा पर्ने सम्भावना कम गर्न सबैभन्दा प्रभावकारी सार्वजनिक स्वास्थ्य उपाय बनेको छ,” होमल्याण्ड सेक्युरिटीले विज्ञप्तिमा भनेको छ।
“बाइडेन-ह्यारिस प्रशासन हाम्रो आर्थिक सुरक्षाको लागि आवश्यक कानुनी व्यापार र यात्रालाई सहज बनाउँदै सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्न प्रतिबद्ध छ,” होमल्याण्ड सेक्युरिटीका सचिव अलेजान्ड्रो एन मेयोर्कासले भनेका छन्।
“त्यसैले, सीडीसी र अन्य संघीय एजेन्सीहरूसँग परामर्श गरेपछि, डीएचएसले गैर-अमेरिकी व्यक्तिहरूलाई भूमि बन्दरगाह र फेरी टर्मिनलहरू मार्फत अमेरिकामा प्रवेश गर्नेलाई कोभिड-१९ विरुद्ध पूर्ण रूपमा खोप लगाउन र खोपको सम्बन्धित प्रमाण प्रदान गर्न जारी राख्नेछ।”
विज्ञप्तिमा अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारी समक्ष खोप सम्वन्धि आवश्यक कागजातहरू पेश गर्न पर्ने भनिएको छ।