ल्यानक्यास्टरका कुखुरामा भेटियो एभियन इन्फ्लुएन्जा,मावन स्वास्थमा भने जोखिम नभएको अधिकारीको भनाइ
ल्यानक्यास्टर। अमेरिकाको पेन्सिलभेनियाको ल्यान्कास्टर काउन्टीमा एभियन इन्फ्लुएन्जा भेटिएको छ।
एभियन इन्फ्लुएन्जा पन्छीमा लाग्ने रोग हो। एभियन इन्फ्लुएन्ज भेटिए पनि अधिकारीहरूले पेन्सिलभेनियावासीहरूलाई कुनै स्वास्थ्य जोखिम नभएको बताएका छन्।
पेन्सिलभेनिया कृषि विभागले ल्यान्कास्टर काउन्टी पोल्ट्री फार्ममा गरिएको परिक्षणमा कुखुरामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआइ) भेटिएको पुष्टि गरेको हो । यो राज्यकै पहिलो केस भएको विभागको जनाएको छ।
विभागले नमूनाहरू पूर्वी डोनेगल टाउनशिपका फार्मबाट लिइएको जनाएको छ। जसको परिक्षण पेन्सिलभेनिया भेटेरिनरी प्रयोगशालामा गरिएको हो। आयोवा मा रहेको राष्ट्रिय पशु चिकित्सा सेवा प्रयोगशालाले पनि रोगको पुष्टि गरेको विभागले जनाएको छ।
विभागले यो रोगले मावन स्वास्थमा कुनै जोखिम नहुने भए पनि मासुर र अण्डा राम्ररी पकाएर खान भनेको छ। विभागले यो रोगले घरेलु पन्छीहरुका लागि भने घातक हुन सक्नेछ भनेको छ । यूएस रोग नियन्त्रण निकायले अमेरिकामा एभियन इन्फ्लुएन्जा भाइरसको कुनै पनि मानव केसहरू फेला नपरेको जनाएको छ।
विभागले संक्रमित फार्मको १० किलोमिटरको दायराभित्रका फार्म र सबै कुखुरा सम्वन्धी व्यावसायिक सुविधालाई क्वारेन्टाइनमा राखेको छ।
पेन्सिलभेनियामा सन् १९८३-८४ को प्रकोप पछि व्यावसायिक कुखुरामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जाको यो पहिलो पुष्टि भएको केस हो।
अमेरिकी रोग नियन्त्रण र रोकथामका केन्द्र (सीडीसी) का अनुसार एभियन इन्फ्लुएन्जा चराहरुमा लाग्ने रोग हो।
एभियन इन्फ्लुएन्जा ए भाइरसहरू विश्वभरका विभिन्न प्रजातिका जंगली चराहरूमा लाग्ने गर्दछ। जंगली चराहरुले भाइरस घरेलु पन्छीहरुमा सार्ने गर्दछन्।