ढेड महिना लामो कार्यक्रम लिएर आए गायक प्रकास सपुत अमेरिका
न्यूयोर्क। चर्चित गायक प्रकास सपुत आफ्नो ढेड महिना लामो कार्यक्रम लिएर शुक्रवार अमेरिका आएका छन्।
न्यूयोर्क स्थित जेएफके विमानस्थालमा उत्रिएका प्रकासलाई नेपाल अमेरिका कलाकार संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
प्रकासको अमेरिका भ्रमणको सबै व्यवस्थापन ड्रिम्स युनिभर्सल एलएलसीले गर्ने छ। “हामी बीचमा दुई वर्षको सम्झौता छ,” ड्रिम्स युनिभर्सलका संस्थापक एंव प्रमुख कार्यकारी अधिकृत शैलेस श्रेष्ठले समाज टाइम्स सँगको कुराकानीमा भने।
ड्रिम्स युनिभर्सल “मिस नेपाल नर्थ अमेरिका” को आयोजक संस्था हो। शैलेसका अनुसार प्रकासको यस पटको अमेरिका बसाइ पाँच हप्ताको छ। यो क्रममा उनले विभिन्न राज्यमा प्रस्तुती दिने छन् ।
“प्रकासको अमेरिका टुर अप्रिल १६ तारिक शनिवार केन्टेकीबाट शुरु हुने छ र मे को २२ तारिकमा टेक्सास पुगेर सकिने छ।” शैलेसले भने। “पुरा सेड्युल हामी आज राति सम्म सार्वजनीक गर्ने छौ।”
प्रकासले अप्रिल २२ मा न्युयोर्कको मेलरोज बलरुममा प्रस्तुती दिने छन्। २३ तारिकमा भर्जिनिया,२४ तारिक विस्कान्सस र मे १ मा बाल्टिमोरमा कार्यक्रम पक्का भएको छ । “अप्रिल २९ र ३० तथा मे ६ तारिक खालि छ त्यो बीचमा कहाँ कहाँ कार्यक्रम गर्ने भन्ने सल्लाह हुदै छ। हामी पेन्सिलभेनियाको पिट्बर्ग र हरिशबर्गमा कार्यक्रम राख्ने बारेमा छलफलमा छौं।” शैलेसले भने।
शैलेसका अनुसार टिकट मूल्य राज्यअनुसार फरक हुने छ। हरेक राज्यमा प्रकासका साथै स्थानीय कलाकारको पनि प्रस्तुती दिने छन्।
मुख्यतय बोलमायाको गीतबाट ह्वात्तै चर्चामा आएका प्रकासको सांगेतिक यात्रा त्यसपछि उकालो चड्दो छ। उनको गलबन्दि च्यातियोले पनि उस्तै चर्चा बटुलेको थियो । पछिल्लो समय उनको “पीर” गीत निकै विवादित र चर्चित भएको थियो ।
विषेश गरि नेकपा माओवादी केन्द्रका केही कार्यकर्ताले गीतमा रहेको यौन व्यवसायीको दृश्यमा आपत्ति जनाएका थिए। पूर्वमाओवादी लडाकु जीवन गुजारा गर्नका लागि यौन पेशामा समेत लाग्न बाध्य भएको गीतमा देखाइएको थियो । तर विवाद पछि प्रकाशले सो दृश्य हटाएर पुन भिडियो अपलोड गरेका थिए।
फोटो : गायिका संगिता थापामगरको फेसबुकबाट