२४ घण्टा पछि न्यूयोर्क ट्रेन गोलीबारीका संदिग्ध पक्राउ
न्यूयोर्क । ब्रुकलिनको ट्रेनमा रहेका यात्रुमाथि अन्दाधुन्द गोली चलाउने संदिग्ध २४ घण्टा पछि पक्राउ परेका छन् ।
न्यूयोर्कको पूर्वी गाउँबाट गस्ती अधिकारीहरूले बुधवार दिउँसो ती संदिग्धलाई पक्राउ गरेका हुन् । ६२ वर्षीय फ्रान्क जेम्सलाई संघीय आतंकवाद अपराधको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ब्रुकलिनमा ट्रेन भित्र गोली चलाउदा २९ जना घाइते भएका थिए । जसमा १० जनालाई गोली लागेको थियो । सनसेट पार्क स्थित ३६ औं स्ट्रीटमा एन ट्रेनमा धुवाँ ग्रेनेडहरू प्रहार गर्नुका साथै ह्यान्डगनले ३३ पटक गोली हानी उनी फरार थिए ।
मंगलवार साँझ प्रहरीले संदिग्ध पहिचान गरि फोटो सार्वजनीक गरेको थियो। घटना स्थलमा भेटिएको क्रेडिट कार्ड र यू हल भ्यानको साँचोले प्रहरीलाई अपराधको आरोपि पत्ता लगाउन सहयोग गरेको थियो ।
न्यूयोर्क ट्रेनमा गोलीबारी : पुलिसद्वारा संदिग्धको फोटो सार्वजनीक