न्यूयोर्क ट्रेनमा गोलीबारी : पुलिसद्वारा संदिग्धको फोटो सार्वजनीक
न्यूयोर्क । प्रहरीले ब्रुकलिङ ट्रेनमा भएको गोलीबारी घटनाका संदिग्धको फोटो सार्वनीक गरेको छ ।
६२ वर्षीय फ्रान्क आर जेम्सलाई प्रहरीले घटनाको दोषि भनेको छ ।
घटना स्थलमा प्राप्त क्रेडिट कार्ट र गाडीको साँचोको आधारमा प्रहरीले गोलीचलाउने व्यक्तिको पहिचान गरेको बताएको छ ।
प्रहरीले यो पनि भनेको छ कि ती व्यक्ति जसले न्यूयोर्कका मेयर एडम्स विरुद्ध विरोध गर्दै युट्युवमा धम्कीपूर्ण भिडियो पनि राखेका थिए । जसले गत महिना चेतावनी दिएका थिए कि उनी “खतरनाक क्षेत्रमा प्रवेश गर्दै”
मङ्गलबार बिहान सनसेट पार्कमा एन ट्रेन भित्र बर्बर गोलीबारी हुदाँ कम्तिमा २९ जना घाइते भएका थिए ।
घटना स्थलमा प्राप्त क्रेडिट कार्ड ट्र्याकिङ गर्दा पेन्सिलभेनियाको फिलाडेल्फीयाबाट यू हल भ्यान भाडामा लिएको देखिएको थियो । एरिजोना प्लेटहरू भएको भ्यान र मंगलबार दिउँसो किंग्स हाइवे नजिकै वेस्ट थर्ड स्ट्रिटमा भेटिएको थियो ।
जेम्सको भ्यानको चाबी घटनास्थलमा फेला परेको प्रहरीको भनाई छ । पुलिसले महत्त्वपूर्ण सुराग पत्ता लगाए पनि बन्दुकधारी फरार छन् ।
अपडेट : न्यूयोर्कको ट्रेनमा गोलिबारी, घटनास्थलमा क्रेडिट कार्ड फेला पर्यो, यू-हल गाडीको खोजी