अमेरिकामा नेपाली सामान मोवाइल एपबाटै किन्न पाइने
ल्यानक्यास्टर । नेपाली उत्पादन अव अमेरिकामा मोवाइल एपबाटै किन्न पाइने भएको छ । मल्को स्टोरले यस्तो व्यवस्था गरेको हो ।
मल्कोले अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाली उत्पादनहरूमा रुचि राख्ने जोकोहीका लागि अमेरिकाको जनु सुकै भागबाट पनि आफ्नो स्मार्टफोन मार्फत अडर गर्न सक्ने व्यव्था मिलाएको जनाएको छ ।
टेक्सासको लर्डुशभिल स्थित म्यजिुजिक सिटी मलमा आउटलेट रहेको मल्को नेपालीहरुले सञ्चालन गरेको स्टोर हो ।
स्टोरमा विभिन्न प्रकारका नेपाली उत्पादनहरू पाउन सकिने जनाइएको छ । विषेश गरि अमेरिकामा रहेका नेपालीलाई लक्षित गरि मल्कोले सन् २०२० बाट अनलाइन सेवा शुरु गरेको हो।
मल्कोमा नेपाली ब्रांडका सामाग्रीहरु पाइने जनाइएको छ । विषेश गरि चाउचाउ, चिउरा, अचार, मरमसला, स्न्याक्स, भाडाकुडा, पूजा समाग्री तथा सीजनल र परम्परागत सामान पाइने छ । यस्तै नेपाली पोशाक पनि मल्कोमा उपलब्ध हुने छ ।
“आज, स्टोरले यो घोषणा गर्न पाउँदा खुशी लागेको छ कि यसले आफ्नो मोबाइल एप सुरु गरेको छ, जसले ग्राहकहरूलाई मल्कोबाट अर्डरर्ड गर्न सजिलो बनाइ दिएको छ।”आफ्नो नयाँ सेवा विस्तारका विषयमा जारी प्रेस विज्ञप्तिमा मल्कोका सीइयो प्रतीक सुवेदीले भनेका छन् ।
मल्को मोबाइल एप मार्फत आजको व्यस्त जीवनमा समय र पैसाको बचत हुने पनि सुवेदीको दावी छ । सुवेदीका अनुसार मल्कोले अमेरिकामा १२ सय भन्दा बढी प्रामाणिक नेपाली उत्पादन र किराना सामानहरू उपलब्ध गराउदै आएको छ ।
मल्को एप मार्फत ६९ डलर भन्दा माथिका अर्डरर्डहरूको डेलिभरी नि :शुल्क हुने जनाइएको छ ।