अपडेट : न्यूयोर्कको ट्रेनमा गोलीबारी, घटनास्थलमा क्रेडिट कार्ड फेला पर्यो, यू-हल गाडीको खोजी
न्यूयोर्क । २९ जना घाइते हुने गरि ब्रुकलिनको ३६ स्ट्रीटमा रहेको सबवे स्टेशनमा मंगलबार बिहान भएको गोलीबारीको आक्रमणकारी खोजि गर्न क्रममा प्रहरीले महत्वपूर्ण प्रमाण पेला पारेको बताइएको छ ।
न्यूयोर्क पुलिसका गुप्तचरहरुले सबवे गोलीबारी भएको स्थानमा एक क्रेडिट कार्ड फेला पारेका छन् । जुन उनीहरूलाई विश्वास छ कि त्यो कार्ड बन्दुकधारीको हो । प्रहरीले सो क्रेडिट कार्ड ट्र्याक गर्न थालेको स्रोतहरूलाई उल्लेख गर्लै एनवाइपोष्टले लेखेको छ ।
सो क्रेडिट कार्ड पेन्सिलभेनियाको फिलाडेल्फियाबाट यू-हल गाडी भाडामा लिदा प्रयोग भएको पाइएको प्रहरीको भनाई छ। सबै पुलिसहरूलाई न्यूयोर्क क्षेत्रमा एरिजोना प्लेट भएको यू हल गाडीको खोजीमा रहन अलर्ट गराइएको छ ।
सबवे स्टेशनको क्यामरा विग्रीएको थियो
सनसेट पार्कमा आर ट्रेनमा फायर खोल्नु अघि बम राखेर गोली चलाउने व्यक्तिलाई पहिचान गर्न प्रहरीले घटनास्थल नजिकैको निगरानी फुटेजहरू खोजिरहेको छ।
साथै प्रहरी अधिकारीले घटना भएको बेला सनसेट पार्क सबवे स्टेसनमा रहेका क्यामेराले किन काम गरेनन् भन्ने कुरा पनि छानविन गरिरहेको बताएइको छ।
त्यहाँको क्यामरा समय समयमा विग्रने गरेको बताइएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले मंगलबार दिउँसो घटना स्थलमा क्यामरा विग्रिएकोमा “गल्ती” स्वीकार गरेका छन्।
“हामीलाई थाहा छ कि त्यो विशेष स्टेशनमा क्यामेरामा समस्या थियो। हामी त्यहाँ कुनै भिडियो फुटेज थियो कि भनेर अनुसन्धान गर्दैछौं तर यस समयमा हामी धेरै लीडहरू ट्र्याक गर्दैछौं,” एडम्सले भने।
प्रहरीले घटना स्थलबाट बारुद सहितका दुईवटा झोला बरामद गरेको छ ।
एनवाईपीडीका आयुक्त कीचान्त सेवेलले पत्रकार सम्मेलनमा संदिग्ध लगभग ५ फिट अग्लो श्यामस्वत वर्णको र लगभग एक सय ७० पाउन्ड तौलको भएको बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार संदिग्धले ग्यास मास्क, हरियो कन्स्ट्रक्शन प्रकारको भेस्ट र हुड भएको खैरो स्वेटसर्ट लगाएका थिए। आक्रमणकारीलाई एमटीए कर्मचारी जस्तो देखिएका थिए ।
न्यूयोर्कको ट्रेनमा गोली चल्यो, एक दर्जन भन्दा बढी घाइते