एनआरएनए पदाधिकारी बैठक : सूचना चुहाएकोमा आपत्ति
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) को पदाधिकारी बैठकमा सहभागिले संस्थाको सूचना अनाधिकृत चुहाएकोमा आपप्ति प्रकट गरेका छन् ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ८५ औं बैठकको तयारीका लागि भएको पदाधिकारी बैठकको शुरुमा नै केही सदस्यले शुल्क सम्वन्धि विषयमा आफूहरुलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति प्रकट गरेका हुन्।
सचिव अमेरिकाका राजन त्रिपाठी, अर्का सचिव अष्ट्रेलियाका अभिमानसिंह बस्नेत,सहकोषाध्यक्ष जापानका नारायण सुवेदी लगायतले शुल्क सम्वन्धि आन्तरिक सर्कुलेशनलाई मिडिया मार्फत सार्वजनिक गराएर वदनाम गराउन खोजिएको भन्दै आपत्ति प्रकट गरेका थिए ।
“शुल्क तिर्ने समय सकिनु अगाडि नै शुल्क नतिर्नेहरु भनेर किन बाहिर लगियो भनेर हामीले आपप्ति जनयौं ।’ समाज टाइम्स सँगको कुराकानीमा सचिव राजन त्रिपाठीले भने ।
“मनोनय शुल्क नतिर्ने भन्ने कुरै छैन्,तर आइसीसी फि,खारेज भइसकेका परियोजनामा पनि लेभि तिर्नु भनेर पत्र आए पछि त्यो के हो र किन भनेर हामीले सोधेका थियौं, हाम्रो जिज्ञासाको जवाफ दिनु अगाडि केही पदाधिकारीले हामीलाई वदनाम गर्न खोजे त्यसमा हाम्रो आपत्ति रह्यो ।”
त्रिपाठीका अनुसार पदाधिकारीले आपत्ति जनाए पछि बैठकको अध्यक्षता गरेका अध्यक्ष कुल आचार्यले समय हुदाँ हुदै तिरेर भनेर सुचना बाहिर लानु दुर्भाग्य भएको भन्दै अब त्यसो हुन नदिने बताएका थिए ।
त्रिपाठीका अनुसार काठमाडौ उपत्यकामा शैचालय बनाउने भन्ने पुरानो कार्य समितिले शुरु गरेरको तर खारेज भइसकेको योजनाका लागि पनि पैसा मागिएको छ ।
आइसीसी बैठक अगाडि हुने पदाधिकारी बैठक व्यवस्थित हुन नसकेको, बैठक सन्चालन अव्यवहारिक भएको, छलफलको बातावरण नभएको भन्दै केही सदस्यले गुनासो गरेका थिए ।
अर्का सचिव प्रमोद सिटौलाका अनुसार आइसीसी सदस्य शुल्क एक कार्यकालका लागि ढेडलाख बुझाउने यस अगाडिको बैठकको निर्णयमा पुर्नविचार गर्नु पर्नेमा सबै सहमत भएका छन् । अब नियमावली वा विधानमा समेटर मात्र त्यस्तो शुल्क उठाउने भन्ने भएको छ । यस्तै मनोनयन शुल्क नतिर्ने र प्रकृया नपुगि मनोनयनमा परेकालाई अबको बैठकमा भाग लिन नदिने निर्णय भएको छ।
बैठक संचालन कार्यविधि पारित गर्ने भनिए पनि त्यो हुन नसकेको जनाइएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारी (आइइएस) संख्या धेरै भएकाले तीन अध्यक्ष र दुई महासचिवलाई त्यसको जिम्मा दिने भनिए पनि पछि त्यो फिर्ता लिइएको जनाइएको छ ।
आइइसीमा यस अगाडि १७ जना सदस्य रहने गरेकोमा अब ५९ जना हुने भएका छन् । विवाद मिलाउने क्रममा धेरै पद शृजना भरेकाले अहिले काम गर्न अप्ठेरो भएको भन्दै आइइएसमा कम व्यक्ति समेट्ने प्रस्ताव पहिलो बैठकमा एजेण्डा लगिए पनि पछि त्यो फिर्ता लिइएको जनाइएको छ ।
आइसीसीको पूर्ण बैठक १९ तारिक बस्दै छ । मदाधिकारीले मनोनयन फि त्यस अगाडि तिर्नु पर्ने भनिएको छ।