क्यालिफोर्नियाको सानफ्रन्सिस्कोमा आज हजारौं नेपालीहरूले मार्चपास गर्दै
गणेश थापा
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा नेपाली कलासंस्कृति र पहिचान झल्किने खालको विभिन्न झॉकीसहितको भेषभुषामा शनिवार नेपाली समुदायले वृहत प्रदर्शन गर्दैछन् ।
प्रदर्शनीको सफलताको लागि नेपाल तथा क्यालिफोर्नियाका विभिन्न तह र तप्काबाट शुभकामना समेत प्राप्त भएको आयोजकले उल्लेख गरेको छ ।
नेपाली समुदायको हकहितका लागि कार्य गरिरहेका विभिन्न सामाजिक संघसंस्था तथा गैर-आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका र क्यालिफोर्निया च्याप्टरको संयुक्त पहलमा नेपाली नयॉवर्षको अवसरमा आयोजित ‘नेपाल-डे परेड’ नाम दिइएको उक्त कार्यक्रम हजारौं नेपालीहरूले मार्चपास गर्ने एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले जानकारी दिएको छ ।
क्यालिफोर्नियाकै ब्यस्त एवम् ऐतिहासिक शहर भएकोले पनि सानफ्रान्सिस्कोमा यस प्रकारको कार्यक्रम हुनु नेपालको पर्यटन क्षेत्र र नेपाली कलासंस्कृतिको प्रबर्द्धनका लागि सकारात्मक पहलकदमी भएको यहॉ क्रियासिल विभिन्न पेशा व्यवसायी एवम् सामाजिक अभियान्ताहरूले उल्लेख गरेका छन् ।