हरिशबर्गमा कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान साँझ हुने, टिकट निशुल्क
ल्यानक्यास्टर । नयाँ वर्षको अवसर पारेर अप्रिल ९ तारिक शनिवार साँझ पेन्सिलभेनिया राज्यको हरिशबर्गमा श्रष्टा सम्मान साँगीतिक साँझ हुने भएको छ ।
मम्स म.म. हरिशबर्गको आयोजनामा हुने सांगीतिक साँझमा चर्चित जोडि कुन्ति मोक्तान र शिलाबहादुर मोक्तान लगायत कलाकारको प्रस्तुती रहने कार्यक्रम संयोजक विकास घले गुरुङले समाज टाइम्सलाई बताए ।
हरिशबर्ग स्थित ब्रुक मेडो फार्ममा साँझ पाँच बजे शुरु हुने कार्यक्रम आठ बजे सम्म चल्ने छ । नेपाली संगित क्षेत्रका बरिष्ठ गितकार तथा संगितकार अगोम गुरुङ मुख्य आयोजक रहेको कार्यक्रम निशुल्क रहने छ ।
कार्यक्रम संयोजक विकासका अनुसार करिव दुई सय जना सम्मको उपस्थिति हुने अपेक्षा गरिएको छ । “नयाँ बर्षको छेको पारेर कलाकारलाई सम्मान पनि गर्ने र एक साँझलाई सांगीतिक बनाउ भन्ने उदेश्य हो, हामी कार्यक्रममा सबैलाई स्वागत नै गर्दछौं।” विकासले भने ।