सुवोध पन्त बाना अध्यक्षमा पुन निर्वाचित,महासचिवमा सागर घिमिरे
अमेरिका । सुवोध पन्त बाल्टिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को अध्यक्षमा पुन निर्वाचित भएका छन् ।
गए राति सम्पन्न मतगणनामा सुवोधले अर्का प्रतिस्पर्धी हिरा गुरुङलाई ७६ मतको अन्तरले हराएउदै दोस्रो कार्यकालका लागि निरन्तरता दिन सफल भए । लमजुङ्गका सुवोधले सात सय ३३ मत पाए ।
यस्तै गोर्खाका हिराले ६ सय ५७ मत रोकिएर उप विजेता भए । राजनीतिक रुपका दुबै जना प्रवासी नेपाली मञ्चका सदस्य हुन् ।
बानामा कुल २२ सय ६३ मतदाता मध्ये आइतवार भएको निर्वाचनमा १४ सय २२ मत खसेको थियो । निर्वाचन समितिका प्रमुख डाक्टर कृष्ण ढकालका अनुसार दश मत बदर भए भने दुई मत हराए । १४ सय १० मत सदर भए ।
दुबै टिम प्यानल सहित मैदानमा उत्रिएका थिए । बरिष्ठ उपाध्यक्षमा लक्ष्मी भारती विजयी भइन । हिरा प्यानलकी भारतीले सात सय १२ मत पाइन । उनका प्रतस्पर्धी अनिल गोदारले ६ सय ४५ मत पात्र पाए ।
महासचिवमा सागर घिमिरे सात सय ७३ मत सहित विजयी भए । सागरलाई टक्कर दिन खोजेका उदय बहादुर भट्टराई पाँच सय ५८ मतमा रोकिए । कोषाध्यक्षमा सुवोध प्यानलकै पार्वती सिंह रिचा विजयी भइन । सदस्यहरुमा पनि अधिकांस सुवोध पन्त टिमबाटै विजयी भएका छन् ।