बाना निर्वाचन : १४२२ मत खस्यो,मतगणना शुरु
अमेरिका । बाल्टिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को नयाँ नेतृत्वका लागि आइतवार भएको निर्वाचनमा १४ सय २२ मत खसेको छ ।
बानामा कुल २२ सय ६३ मतदाता थिए । बिहान आठ बजे देखि साँझ पाँच बजे सम्म मतदानको समय निर्धारण गरिएको थियो ।
निर्वाचन समितिका संयोजक डाक्टर कृष्ण ढकालका अनुसार मतगणना अहिले शुरु भइसको छ । आज राति नै अन्तिम नतिजा आउने गरि मतगणनाको व्यस्था गरिएको छ ।
“चार मत बाकस चार ठाँउमा राखेर गनिएको छ, तीन देखि चार घण्टा सम्ममा अन्तिम नतिजा आउछ ।” समाज टाइम्स सँगको कुराकानीमा निर्वाचन संयोजक ढकालले भने ।
बानाका अध्यक्ष सुवोध पन्त र बरिष्ठ उपाध्यक्ष हिरा गुरुङ प्यानल सहित आगामि नेतृत्वका लागि चुनावी मैदानमा छन् ।