एनआरएनए घले समुह : अध्यक्षमा विनोद कुमार
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) शेष घले समुहको महाधिवेशनले विनोद कुमारलाई अध्यक्ष चयन गरेको छ ।
काठमाडौंमा सम्पन्न अधिवेशनले मध्यरातमा विनोद कुमारलाई अध्यक्षको जिम्म्वारी दिएको हो । कुल आचार्यको समुहले अन्तिम समयमा साथ छोडे पछि घले समुहमा उमेदवारको खडेरी परेको थियो ।
एनआरएनएका उपाध्यक्ष सोनाम लामाले घले समुहको नेतृत्व गर्ने आकलन गरिएको थियो । तर सोनाम लामाले पद अस्वीकार गरे पछि विनोद कुमारलाई अध्यक्ष बनाइएको हो ।
विनोद दक्षिण कोरियाका व्यावसायी हुन् । उनी दुई पटक कोरिया एनसीसीको अध्यक्ष भएका थिए । यस्तै उनी सँग एक कार्यकाल क्षेत्रीय संयोजकको रुपमा काम गरेको अनुभव पनि छ ।
उपाध्यक्षमा बाबुराम (बीरआर) लामा, तर्क बहादुर सेन, सुरेन्द्र सिग्देल र उमेश कुमार बुढासैनी निर्विरोध भएका छन् ।
महासचिवमा जानकी गुरुङ् चयन भएकी छिन् । यस्तै सचिवको जिम्मेवारी जुनु गुरुङ्ग चयन भएकी छिन् ।