नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. बाट मार्च २८ देखि इ पासपोर्ट वितरण गर्ने
अमेरिका । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी.ले मार्च २८ देखि इ पासपोर्ट वितरण गर्ने भएको छ ।
दूतावासले बुधवार विज्ञप्ति जारि गर्दै विद्युतीय राहदानी (e-Passport) जारी गर्ने मिति तोकेको हो । दूतावासले राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै राजदूतावासमा फारम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था गरेको छ जनाएको छ ।
यस्तै दूतावासले अपइन्मेन्ट लिएर मात्र राहादानीको प्रकृया शुरु हुने जनाएको छ ।
साथै दूतावासले हुलाकाबाट प्राप्त हुने आवेदन स्वीकार नहुने प्रष्टाएको छ ।