महायज्ञमा कबोल गरेको चन्दा रकम छिटो उपलब्ध गराइदिन दाता समक्ष बाना ट्रस्टीको आग्रह
अमेरिका । बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) अन्तर्गत बोर्ड अफ ट्रस्टीले आफ्ना दाताहरुलाई कबोल गरेको रकम यथासक्य छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ ।
ट्रस्टीका अध्यक्ष कुल मणि आचार्यले बुधवार विज्ञप्ति जारी गर्दै सन् २०११ मा सम्पन्न महायक्षमा कबोल गरेको रकम तिर्न बाँकी चन्दा दाताहरुका लागि यस्तो आग्रह गरेका हुन् ।
हाल बाना भवनका लागि लिएको ऋण चुक्ता गर्ने र रि फाइनान्स गर्ने क्रममा रहेकाले यस्तो आग्रह गरिएको आचार्यको भनाइ छ ।
“२०११ मा कबोल गरेको रकम धेरैले दिइसक्नुभएको छ । कति दिदै हुनुहुन्छ भने केहिको अझै बाँकी नै छ । त्यसैले हामी सम्पूर्ण दाताहरुलाई कबोल गरेको रकम सकेसम्म छिटो प्रदान गरिदिनहुन अनुरोध गर्दछौं ।” आचार्यले विज्ञप्तिमा भनेका छन् ।
आचार्यले पहिला कबोल नगरेकाहरुले पनि यस पटक सहयोग गर्न समेत आग्रह गरेका छन् ।
बाना ट्रस्टीको बार्षिक बैठक सम्पन्न
बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को ट्रष्टीको बार्षिक बैठक गत आइतवार सम्पन्न भएको छ ।
बैठकले बाना सामुदायिक भवनको ऋण रि फाइनान्स गर्नुका साथै आवश्यक थप अनुदानका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकका पूर्ण निर्णय ट्रस्टीका सदस्य थप गर्ने निर्णय समेत गरेको छ ।