अमेरिकाको न्यूह्याम्सारमा एक नेपाली वेपत्ता, पूर्ण जलेको अवस्थामा गाडीमा शव भेटियो, डिएनए परिक्षण हुदै
अमेरिका । अमेरिकाको न्यूह्याम्सारमा एक नेपाली परिवारमा अनौठो दुखद घटना घटेको छ । बिहिवार साँझ देखि नेपाली युवक वेपत्ता छन तर उनको गाडीमा पूर्ण रुपमा जलेको शव भेटिएको छ ।
शव कस्को हो भनेर प्रहरीले अहिले सम्म औपचारिक रुपमा भनेको छैन । तर गाडी भने कुमार भट्टराईको भएको प्रहरीले पुष्टी गरेको छ । डिएनए परिक्षण पछि शवको बारेमा निक्यौल हुने प्रहरीले भनेको छ ।
हराइ रहेका व्यक्ति मोरङ लेटाङ स्थायी घर भइ हाल न्यूह्याम्सारमा बस्ने ४२ बर्षका कुमार भट्टाराई हुन् ।
न्यूह्याम्सारमा रहेका एक नेपाली सामाजिक अभियान्ताका अनुसार घरबाट चार मिनेटको दुरीमा गाडी जलेको भेटिएको छ । के कारणले गाडी जल्यो भन्नेमा पनि प्रहरीले अहिले सम्म रिपोर्ट दिएको छैन । गाडी सडकबाट बाहिर खुल्ला चौरमा जलिरहेको अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
हराइरहेका भट्टराईका आमा बाबु, श्रीमती र दुई छोरा छन । सबै जना अमेरिकामा नै बस्छन् । भट्टराई राति ढिलो सम्म घरमा नआए पछि परिवारले प्रहरीमा खवर गरेको थियो ।
मध्यरातमा प्रहरीले घरमा आएर घटनाको बारेमा जानकारी गराएको थियो । घटना बिहिवार साँझ नौ बजे तिर भएको अनुमान गरिएको छ ।