एमसीसी पास भएकोमा जनसम्पर्क समिति अमेरिकाले दियो बधाई
अमेरिका । बहुचर्चित र पछिल्लो समय निकै विवादमा पारिएको एमसीसी सम्झौता पारित भएकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले बधाई दिएको छ ।
आइतवार काठमाडौंमा बसेको प्रतिनिधि सभाको बैठकले अमेरिकाको विकास सम्वन्धी सहयोग परियोजना एमसीसी पारित गरेको हो ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।
एमसीसी पारित भए सँगै कांग्रेसमा पनि अभूतपूर्व ऐतिहासिक एकता भएकोमा पनि जनसम्पर्क समितिले खुसी व्यक्त गरेको छ ।
जनसम्पर्क समितिको विज्ञप्ति
एमसीसी पारित भएकोमा बधाई !
—————————————
विगत लामो समयदेखि नेपालको आकाशमा मडारिइरहेको अन्यौलताको कालो बादललाई चिर्दै अन्ततः नेपालको सार्वभौम प्रतिनिधिसभाबाट बहुप्रचारित एमसीसी अनुमोदन भएको छ । यस अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिका देश विदेशमा रहेका सम्पूर्ण राष्ट्रभक्त नेपालीहरूलाई हार्दिक बधाई दिंदै एमसीसीको संबन्धमा नेपाली कांग्रेसमा देखा परेको अभूतपूर्व ऐतिहासिक एकताप्रति खुशी प्रकट गर्दछ ।
जय नेपाल !
सुभाष घिमिरे
सभापति
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति
क्रान्ति अर्याल भण्डारी
महामन्त्री
नेपाली जनसम्पर्क समिति अमेरिका
केन्द्रीय कार्यसमिति