अमेरिकको न्यूयोर्क सिटीमा ट्रेन भित्र जीवन चलाउने तीन सय ५० घरबारविहिन भेटिए

अमेरिका । न्यूयोर्कको मुख्य सार्वजनिक यातायात सबवे प्रणाली भित्र सयौंका संख्यामा होमलेस (घरबारविहीन) हरु भेटिएका छन् ।
मेट्रोपोलिटन ट्रान्सपोर्टेसन एजेन्सी एमटीएले शुक्रवार सार्वजनिक गरेको रिपोर्टमा सबवे टनेल भित्र २९ शिविरमा र सबवे स्टेशनहरूमा ८९ शिविरमा गरि जम्म तीन सय ५० भन्दा बढी होमलेस मानिस बसोबास गरेको फेला पारेको जनाइएको छ ।
एमटीएको अधिकारीले ति होमलेसलाई हटाइएको समेत जनाएको छ । “सबवे उनीहरुको घर बनाउने कुनै ठाउँ होइन,” एमटीए अध्यक्ष जानो लिबरले भने । ‘हामीले शिविर पत्ता लगाउनासाथ ती व्यक्तिहरूलाई तुरुन्तै हटाइन्छ l होमलेसहरु ट्रेनभित्रै सुत्ने, फोहोर गर्ने तथा कतिपय अवस्तामा अपराधिक घटनामा पनि संलग्न हुने गरेको पाइएको थियो ।
कतिपय घरबारविहिनहरु नशालु पदार्थ सेवन गर्ने, मागेर गुजरा चलाउने जसले गर्दा नियमित यात्रुलाई असजिलो हुने गरेको गुनासा पनि आएका थिए ।
न्यूयोर्कका मेयर एरिक एडम्सको घोषणा पछि एमटीएले कार्यदल नै बनाएर होमलेसको तथ्याङ्क संकलन शुरु गरेको थियो । कार्यदलले चार सय ७२ वटा स्टेशनको सर्वेक्षण गरेको जनाएको छ ।
सबवेमा अपराध र हिंसात्मक घटना बृद्दि भए सँगै त्यहाँबाट होमलेसहरुलाई हटाउन दवाव परेको थियो । यस महिनाको सुरुमा मेयरले नयाँ सबवे सुरक्षा योजना लागू गरे जसमा आउटरिच कार्यकर्ताहरूले घरबारविहीनहरूलाई स्रोतहरू प्रदान गर्ने र तिनीहरूलाई सबवे प्रणालीबाट हटाउने कामको जिम्मा दिइएको थियो ।
सबवे सुरक्षा र सुधारका कार्यक्रमको घोषणा गर्दै मेयर एडम्सले सार्वजनिक यातायातमा जे मन लाग्यो त्यही गर्नेको दिन सकिएको प्रतिक्रिया दिएका थिए । उनले ट्रेन यात्रा गर्दा भाडा नतिर्ने गतिविधिलाई पनि नियन्त्रण गर्ने घोषणा गरेका थिए ।
‘अब जे मन लाग्यो त्यही गर्नेका दिन सकिए, आफ्नो मेट्रोकार्ड स्वाइप गर्नुहोस्, प्रणाली बसेरमा यात्रा गर्नुहोस्, आफ्नो गन्तव्यमा जानुहोस्’ एडम्सले भनेका थिए ।
शुक्रबार बिहान मेयर एडम्सले फेरि भने “शहरले हाम्रो प्रणालीमा रहेका प्रत्येक होमलेस शिविरलाई भत्काउनेछ।”
“अब स्वीकार्य छैन । विगतका प्रशासनहरूले के गरे तर हामीले त्यसो गर्दैनौं,’ मेयरले भने । “म हाम्रो सबवे प्रणाली यात्राका लागि सुरक्षित र भरपर्दो छ भन्ने सही सन्देश दिन चाहान्छु ।”
मेयरले घरबारबिहिनका लागि आवासको व्यवस्था गर्ने समेत बताएका छन् ।
न्यूयोर्क सबवे स्टेशन सुरक्षामा नयाँ नीति,घरबारविहिनलाई हटाइने, ट्रेन यात्रा सुरक्षित बनाउन थप पुलिस खटाइने