डा. प्रतिकको अध्यक्षतामा प्रवासी नेपाली मन्च अमेरिका म्यासाचुसेट राज्य कमिटी गठन
अमेरिका । प्रवासी नेपाली मन्च अमेरिकाले म्यासाचुसेट राज्य कमिटी गठन गरेको छ । शनिवार सम्पन्न भेलाले डाक्टर प्रतिक अर्यालको अध्यक्षतामा ६ सदस्यीय म्यासाचुसेट राज्य कमिटि गठन गरेको हो ।
प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय कमिटी प्रचार विभाग प्रमुख प्रभु थापाको उपस्थितिमा राज्य कमिटि गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा चन्द्र कला ढकाल र सचिवमा नवराज जमर कट्टेल रहेका छन् ।
यस्तै कोषाध्यक्षमा स्कन्द यादव तथा सदस्यहरूमा दिपेन्द्र सुवेदी, भिम वस्ती र अभिषेक आचार्य छन् ।
म्यासाचुसेट राज्य कमिटी गठन कार्यक्रममा अमेरिकाज क्षेत्र तथा यसका क्षेत्रिय अध्यक्ष इश्वरी भट्ट, अमेरिकाज क्षेत्रका सदस्य बुद्दवर्ज् लामा ओएनएफ केन्द्रिय सदस्य भिम ओलि लगायत उपस्थित थिए ।
म्यासाचुसेट राज्य कमिटीका अध्यक्ष राज कुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रवासी नेपाली मन्च अमेरिका तेस्रो राष्ट्रिय सम्मेलनको तयारीमा छ । सोही अनुसार फेब्रुअरी भित्रमा सम्पूर्ण सदस्यहरू दर्ता ,नवीकरण र राज्य कमिटीहरू गठन,पुनर्गठन सम्पन्न गर्नेु पर्ने हुन्छ ।
न्यूहेम्सार ,न्यूर्योक ,टेक्सास, केन्टकी,फ्लोरिडा पछी यो छैटौ राज्य कमिटी वनेको हो ।