अमेरिकामा नेपाली पाठशाला, दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्दै
अमेरिका । अपवादलाई विर्सने हो भने, भूगोलको सीमा छोडे पनि आफ्ना बालकालिकाहरुले नेपालीपन चटक्कै नविर्सुन भन्ने चाहाना प्राय : नेपालीको हुन्छ । त्यसैले त प्रवासमा पनि उनीहरु नेपाल सम्झाउन तल्तिन हुन्छ ।
मुख्यतय ‘भाषा. कला र संस्कृति’ लाई जोड दिदै अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुका संघ संस्थाले कार्यक्रम चलाउने गरेका हुन्छ ।
नेपालीहरुको बाक्लो बसोबास हुने राज्यहरुमा त यसको चाम नै बेग्लै पाइन्छ । जसको उदाहरण नै हो नेपाली समाज टेक्सास । जसले सन् २००४ शुरु गरेको नेपाली पाठशाला अब अहिले एउटा अभियान बनेको छ ‘विदेशमा रहेका नेपालीका दोस्रो पुस्तालाई नेपाल सँग जोड्न’ ।
‘नेपाली संस्कृति र परम्परा प्रति हाम्रो दोस्रो पुस्तालाई आकर्षित बनाउदै आफ्नो पहिचानको संरक्षण गर्न, हामीले यो अभियान शुरु गरेका हौ ।’ नेपाली समाज टेक्सासका नवनिर्वाचित अध्यक्ष राजेन्द्र वाग्ले विगत सम्झन्छ ।
‘सन् २००४ मा शुरु भएको हो त्यस पछि निरन्तर छ, शुरुमा हाम्रो आफ्नै सामुदायिक भवन थिएन कुनै कोठामा वा कुनै घरबाट शुरु भएको थियो तर त्यसलाई सस्थागत गर्दै ल्याएका छौ, एउटा कोठामा शुरु भएको नेपाली पाठशाला अव विश्वव्यापि भएको छ ।’
कोरोना संक्रमण हुनु भन्दा अगाडि सम्म टेक्सास स्थित समाजको आफ्नै भवनमा हरेक आइतवार भौतिक रुपमा नै कक्षा हुन्थो । गर्मीको छुट्टीमा बालबालिका ‘नेपाली समर क्याम्पमा’ रमाउथे । तर प्यान्डामिक पछि भने समाजले पाठशाला अनलाईनमा रुपान्तरण गरेको छ ।
अध्यक्ष वाग्ले अनलाइन क्लासको फाइदा बेफाइदा दुबै रहेको बताउछन । उनी भन्छन ‘फाइदा भनेको यसलाई विश्वव्यापी बनाउन सजिलो भएको छ ।’
वाग्लेका अनुसार अनलाइन भए पछि गत बर्ष अमेरिकाका विभिन्न १५ राज्यमा बस्ने नेपाली बालबालिका पाठशालामा जोडिएका थिए । अमेरिका बाहिर जापान र नेपालबाट पनि बालबालिका सहभागि भएको वाग्ले बताउछन् । ‘सहभागिता उत्साहजनक छ, एउटै सेमेष्टरमा चार सय दुई जना सम्म भर्ना भएको रेकर्ड छ । गत बर्ष एक हजार भन्दा धेरै विद्यार्थी भर्ना भएका थिए यस पटक अझ बढ्ने छन् ।’
नयाँ भर्ना खुल्यो, फेब्रुअरी १९ बाट कक्षा शुरु हुने
समाजले नयाँ भर्ना शुरु भएको जनाएको छ । नयाँ कक्षा भने फेब्रुअरी १९ तारिक बाट शुरु हुने छ । यस पटक भर्ना शुल्क २५ डलर राखिएको छ । भर्ना हुन समाजले तोकेको ढाँचामा फारम भर्नु पर्ने हुन्छ । विश्वका जुनसुकै स्थानमा बस्ने भए पनि यो पाठशालामा भर्ना हुन पाउछन् ।
हरेक साता शनिवार र आइतवार दुई दिन कक्षा सञ्चालन हुने भएकाले आफुलाई अनुकुल समयमा पढ्ने गरि भार्ना हुन पाइन्छ ।
‘गत बर्ष २० डलर थियो यो पटक २५ डलर बनाएका छौं, पैसा ठूलो होइन, शिक्षक भोलेन्टियर छन्, समाजका लागि योगदान नै हो ।’ वाग्ले भन्छन् ।
समाजले पाठशालाका लागि व्यावस्थापन टिम नै बनाएको छ । विजयराज भट्टराई पाठशालाको प्रिन्सिपल हुन् । उनको नेतृत्वमा १२ जनाको टिम पाठशालाका लागि खट्दै आएका छन् ।
पाठशालाको शिक्षक समेत रहेका भोजबहादुर बलायर कार्यक्रम संयोजक पनि हुन । उनैले पाठशालाको पाठ्यक्रम पनि तयार पारेका छन् ।
बलायरका अनुसार पाठशालामा नेपाली भाषा र नैतिक ज्ञान तथा अनिरिक्त क्रियाकलाप गरि पाँच विषयमा पठनपाठन हुन्छ । यस्तै बेसिक र इन्टरमिडियट गरि दुई तहमा पठनपाठन हुन्छ ।
‘शुरुमा भर्ना हुनेलाई कखरा र बाह्रखरी सिकाउछौं जसलाई बेसिक भनिन्छ, इन्टरमिडियट कक्षामा भने बालबालिकालाई बाह्रखरीको पुनरावलोकन सहित नेपाल कनेक्शन गराउछौं ।’ समाज टाइम्स सँगको कुराकानीमा बलायरले भने ।
बलायरका अनुसार इन्टरमिडेट कक्षामा अध्यय गर्ने बालबालिकाले नेपालमा रहेका आफन्त सँग कुराकानीको आधारमा विभिन्न लेखहरु लेख्नु पर्ने हुन्छ ।
‘इन्टरमिडियट लेवलमा नेपाल कनेक्सन गर्न लगाएर उनीहरुका हजुर बा र हजुर आमाका बारेमा उनीहरु सँग सोधेर कथा लेख्न लगाउछौं । जसले गर्दा उनीहरुलाई नेपालमा सम्पर्क गर्ने परिवारका सदस्यसँग कुराकानी गर्ने, नेपालबारे थाहा पाउन सहज हुन्छ ।’
‘प्रायजसो विदेशमा जन्मिएका बालकालिका भाषाको समस्याका कारण नेपालमा रहेका आफन्तहरु सँग कुराकानी गर्न असहज मान्छन् । नेपालमा रहेका हजुरबुबा र हजुर आमाहरुलाई आफ्नै नातिनातिना सँग कुरा गर्न नपाउदा खिन्न भएको हामीले पायौ ।’ बलायर अनुभव सुनाउछन् ।
‘हामीले पाठ्यक्रममा नेपाल कनेक्शन राखे पछि नेपाल बाहिर रहेका बालकालिकामा आफ्नो थातथलो कहाँ हो ? बाबुआमा कहाँ जन्मिएका हुन ? भूगोल कस्तो छ मुख्य चाड पर्व के हो ? भाषा कस्तो छ ? हाम्रो संस्कृति कस्तो छ ? भनेर आफै सोधिखोजि गर्छन्, जसले उनीहरुलाई आफ्नो बारेमा थाहा हुन्छ ।’
यस्तै पाठशालामा भाषा बाहेक कला, संस्कृति, नेतृत्व विकास, योगसाधना, नृत्य गायन, कम्यूटर सफ्टवेयरको कक्षा पनि सञ्चालन हुने बलायरको भनाई छ ।
‘हामीले पाठ्यक्रम नै बनाएका छौं । कितावहरु डाउनलोड नै गर्न पाइन्छ । कम्युटरमा इच्छाहुने लाई कोडिङ्ग नै सिकाउछौं ।’
पाठशालाले बनाएको पाठ्यक्रम राम्रो रहेको र अन्यत्र पनि माग भएको बलायरको दावी छ । ‘जर्मनको एनआरएनएले पनि भर्खरै हामीले बनाएको पाठ्यक्रम प्रयोगको अनुमाति भागेको छ । अष्ट्रेलिमा पहिले नै प्रयोग छ हाम्रो पाठ्क्रम अब विश्वव्यापी हुदै छ ।’
बलायरले आफ्नो पाठशालाका विद्यार्थीलाई नेपालमा डाक्टर चिन्तामणि योगिको स्कूलका विद्यार्थीसँग गत बर्षको समर कक्षामा जस्तै अन्तर्क्रिया गराउने कार्यक्रम पनि रहेको बताए ।
पाठशालामा भर्ना हुनका लागि यहाँ क्लिक गरेर नेपाली समाज टेक्सासले तयार पारेको फारम भर्नु होला ।