एमसीसी पास गर्न नेपालका नेतालाई धम्की दिएका छैनौ : अमेरिका

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले एमसीसीको वियषलाई लिएर नेपालका नेताहरुलाई धम्की दिएको भनाईको खण्डन गरेका छन् ।
कुटनितिक मामिलाका पत्रकारहसँग सोमवार काठमाडौंमा कुरा गर्दै राजदुत बेरीले आफ्ना मन्त्रीले नेपालका नेतालाई एसीसी संसदबाट पास गराउन धम्की दिएको कुरा सत्य नभएको बताए ।
दक्षिण तथा मध्यएसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले माघ २७ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको खवर सार्वजनिक भएको थियो ।
सोही समय अमेरिकी सहायक विदेश मन्त्री लुले एमसीसी संसदले पास नगरे नेपाल र अमेरिका बीचको सम्वन्धमा पूर्नविचार गर्ने भनेर भनेको भन्दै प्रचण्डले सार्वजनिक रुपमै बोलेका थिए । प्रचण्डले आफूलाई मन्त्री लुले चेतावनीको भाषामा कुराकानी गरेको बताएका थिए ।
राजदुत बेरीले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय भएको बताए ।
‘नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौंको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस ताकि नेपाली जनताले आफना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् ।’ पत्रकार सँग राजदुत बेरीले भने । ‘समाचारमा आए जस्तो बहस भएको होइन । भ्रामक सूचना फैलनु दुखद छ ।’