एमसीसी विवाद : प्रचण्ड र माधव नेपालले साथ नदिए विकल्प खोज्ने प्रधानमन्त्री देउवाको चेतावानी
काठमाडौं । आफैले गिजोलेको अमेरिकी सहयोग परियोजना (एमसीसी) विवाद झन् झन् पेचिलो हुँदै जाँदा सत्तरुढदलका नेताहरुको दौडधुप बढेको छ । तर राष्ट्रिय रुपमा विवादको विषयलाई निकास दिन भने नेताहरु असफल बन्दै आएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा शनिवार शिर्ष नेताहरु दुई चरणमा छलफलमा बसेका भए पनि ठोस निर्णय दिन भने असफल भए ।
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीच बालुवाटारमा छलफल भएपनि सहमति जुट्न नसकेको हो ।
एमसीसी र स्थानीय निर्वाचनका विषयमा यी तिन नेता बीचमा कुराकानी भएको तर कुनै सहमति नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादीका अध्यक्ष प्रचण्ड अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई स्थानीय चुनाव पछि मात्र संसदबाट अनुमोदन गर्ने पक्षमा छन् । यस्तै हिजोका दिनमा तत्कालिन केपि शर्मा ओली नेतृत्वको सरकार विरुद्द अस्त्र बनाइएको एमसीसी अहिले माधव नेपाल स्वयमलाई पनि भारी परेको छ ।
प्रधानमन्त्री देउवा एमसीसी विवादलाई थाति राखेर चुनावमा जाने पक्षमा छैनन् । मुख्य प्रतिपक्षि नेकपा एमाले अहिले रमिते बनेको छ । एमसीसी राष्ट्रको हितमा छ छैन भन्दा पनि सभामुखको प्रकरणलाई उसले अस्त्र बनाएको छ । एमालेले गठबन्धन तोडे एसीसी पास गर्न कांग्रेसलाई साथ दिने शर्त राखेको समाचार बाहिरिएका छन् ।
बालुवाटार स्रोतका अनुसार शनिवारको छलफलमा प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपाललाई उनीहरुले साथ नदिए आफु सँग अन्य विकल्प जाने चेतावानी दिएका छन् । ‘तपाईहरुले साथ नदिने हो भने एमसीसी पास गर्न मसँग अरु पनि विकल्प छन् ।’
त्यस पछि छलफल विना निश्कर्ष टुङ्गिएको बताइएको छ ।