अमेरिकामा बर्ड फ्लू द्रुत रुपमा फैलिने चेतावानी
अमेरिका । कोराना महामारीबाट राहात पाउदै गरेको अमेरिकामा बर्ड फ्लू तिब्ररुपमा फैलने चेतावनी दिइएको छ ।
रोग विशेषज्ञहरुले यस्तो चेतावानी दिएको समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको समाचार न्यूयोर्क पोष्टले प्रकाशित गरेको छ । विशेषज्ञहरुले जंगली चराहरूले देशभरि एभियन फ्लूको अत्यधिक घातक रूप फैलाउँने भन्दै अमेरिकी कुखुरा उत्पादकहरूलाई आफ्ना फारमका लागि कडा सुरक्षा उपायहरू अपनाउन भनेका छन् ।
रोयटर्सका अनुसार इन्डियानाका व्यावसायिक टर्की फार्ममा अत्यधिक बर्ड फ्लू देखिएको छ । जसका कारण चीन, दक्षिण कोरिया र मेक्सिकोबाट कुखुराको आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिका विश्वको सबैभन्दा ठूलो उत्पादक र कुखुराको मासुको दोस्रो ठूलो निर्यातकर्ता हो ।
यो रोग युरोपमा पहिले नै व्यापक छ अब अफ्रिका, एशिया र क्यानडालाई असर गर्न शुरु गरेको छ । सन् २०१५ मा अमेरिकी बर्डफ्लुको विनाशकारी प्रकोपले मध्यपश्चिममा झण्डै ५ करोड चराहरू मारेका थिए, जसमा अधिकांश टर्की र अण्डा दिने कुखुरा थिए।
रोग विशेषज्ञहरूले जंगली चराले एचफाएभएनवान (H5N1) भाइरस फैलाएको हुन सक्ने अनुमान गरेका छन् । इन्डियानामा पूर्वतटका अधिकारीहरूले जंगली हाँसहरू संक्रमित भएको पुष्टि गरेका छन्।
तर अमेरिकी कृषि विभागले यो रोगलाई मानिसमा कम जोखिम भएको बताएको छ । अक्टोबर २०२१ देखि २० भन्दा बढी देश प्रभावित भएका युरोपमा बर्ड फ्लूको ७०० भन्दा बढी प्रकोप भइसकेको छ। दशौँ लाख चराहरू मारिएका छन्।
फोटो न्यूयोर्क पोष्ट