कङ्गोका यात्रुले रिपोर्ट नगरि अमेरिका भित्राउन खोजेको २९ हजार विमानस्थलमा जफत
स्टर्लिङ, भर्जिनिया । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीहरूले इथियोपियाबाट उडानमा आएका एक व्यक्तिबाट मंगलबार वाशिंगटन डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा रिपोर्ट नगरिएको २९ हजार नौ सय डलर बरामद गरेका छन् ।
अमेरिकी मुद्रा रिपोर्टिंग कानून उल्लङ्घन गरेको आरोपमा सो मुद्रा जफत गरिएको हो । अमेरिकी मुद्रा रिपोर्टिङ कानून अनुसार विमानस्थलमा दश हजार डलर भन्दा बढी रकम भित्राउदा लिखित घोषणा गर्नु पर्दछ ।
सीबीपी अधिकारीहरूले कङ्गोका यात्रीबाट सो रकम जफत गरेका हुन् । ति यात्रीलाई कानुनको बारेमा जानकारी गराउदा पनि मौखिक र लिखित रूपमा आफु सँग जम्मा दशहजार डलर मात्र भएको घोषणा गरेको जनाइएको छ । त्यस पछि ति यात्रीको चेकजाँच गर्दा दश हजार भन्दा धेरै डलर भेटिएको पछि जफत गरिएको हो ।
अधिकारीहरूले मुद्रा जफत गरे पनि कङ्गोका ति यात्रीलाई रिहा गरेको जनाएका छन् । । सीबीपीले यात्रुको नाम जारी गरिरहेको छैन किनभने उसलाई आपराधिक रूपमा आरोप लगाइएको थिएन।
सीबीपीको बुलेटिनमा उल्लेख भए अनुसार यात्रुहरूले अमेरिकाबाट कति मुद्रा वा अन्य मौद्रिक साधनहरू ल्याउन वा लैजान सक्छन् भन्ने कुनै सीमा छैन । यद्यपि, संघीय कानून (३१ यू.एस.सी.५३१६) मा यात्रुहरूले दश हजार वा सोभन्दा बढी मुद्रा भए सीबीपी अधिकारीलाई रिपोर्ट गर्न आवश्यक छ भनिएको छ ।
यात्रीहरूले अमेरिकामा यात्रा गर्नु अघि अमेरिकी ट्रेजरी डिपार्टमेन्ट फारम भरेर आफ्नो मुद्रा रिपोर्टिङ पूरा गर्नु पर्दछ ।