भ्यालेन्टाइनले बढायो अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीको व्यस्थता

अमेरिका । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । बर्षकै रोमान्चक दिन । विषेशत युवा बर्गका प्रेमी प्रेमिकालाई यो दिवसको प्रतिक्षा अझ बढी हुन्छ । तर यो दिवस नजिकिदै गर्दा अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरुलाई झन् चटारो थपिएको छ ।
विश्वकै महाशक्ति राष्ट्र अमेरिकाका सीबीपीका अधिकारीलाई सदैव काममा चापाचाप नै हुन्छ । सामान्यतय सीबीपी अधिकारीहरु देशको सीमा व्यवस्थापन, नियन्त्रण र सुरक्षामा व्यस्त रहन्छन् । यस्तै भन्सार र अध्यागमन सम्वन्धि कामको जिम्मा पनि उनीहरुलाई नै हुन्छ । त्यसमा भ्यालेन्टाइनले उनीहरुको काममा झन् व्यस्थता थपिदिएको छ ।
सीबीपीको नियमित बुलेटिनमा पछिल्लो दुई साता देखि नयाँ विषय थपिएको छ । त्यो हो भ्यालेन्टाइन डे र फूलहरु । अमेरिकामा दैनिकरुपमा भित्रने ठूलो मात्राका फूलहरु हानिकारक कीटासन मुक्त छ, छैन भन्ने प्रमाणित गर्न उनीहरुलाई भ्याइनभ्याइ भएको हो ।
सीबीपीका अनुसार भ्यालेन्टाइन डे, मदर डे र इस्टनका समयमा अमेरिकामा सबै भन्दा धेरै फूल आयात हुन्छ । त्यसमा पनि सबै भन्दा धेरै फूलगुच्छाहरु भ्यालेन्टाइन डे का समयमा विश्वका विभिन्न देशबाट अमेरिका भित्राइन्छ ।
आयातित फूलहरू कीराहरू, कीटहरू र रोगहरूबाट मुक्त छ छैन एकिन गरे पछि मात्र अमेरिकी बजारमा लैजान पाइन्छ ।

“भ्यालेन्टाइन डेमा फूलहरू त्यो विशेष व्यक्तिको लागि एक सुन्दर उपहार हुन सक्छ, तर तिनीहरूले हाम्रो राष्ट्रको कृषि र प्राकृतिक स्रोतहरूलाई गम्भीर क्षति पुर्याउने कीटहरू बोक्न सक्छन्,” न्यूयोर्क क्षेत्र सञ्चालन निर्देशक फ्रान्क रुसोले भने ।
“यही कारणले गर्दा हाम्रा सीबीपी कृषि विशेषज्ञहरू अमेरिकामा हानिकारक कीराहरू र रोगहरूको परिचयलाई रोक्न हरेक छुट्टीको मौसममा तयार हुन्छन्।”
यो आर्थिक वर्षमा अहिले सम्म न्यूयोर्कका सीबीपी कृषि विशेषज्ञहरूले ५४ भन्दा बढी देशहरूबाट लगभग एक करोड ६० लाख विभिन्न प्रकारका फूलका गुच्छा निरिक्षण पछि बजारमा पाठाएको रिपोर्टमा उल्लेख छ ।
अमेरिका भित्रने फूलहरूमा चमेली, ट्युबरोज, गुलाब, ट्युलिप्स, र अर्किड लगायत छन् ।

एक तथ्याङ्कक अनुसार अमेरिकामा यस पटकको भ्यालेन्टाइन डे का लागि मात्र २.३ बिलियन डलरको (दुई अर्ब तीस करोड अमेरिकी डलर) फूलहरु भित्राइदै छ । स्टाटिस्टा डट कमको अध्ययन अनुसार पछिल्लो १२ बर्षमा यस पटक दोस्रो पटक धेरै मुल्यको फूलहरु अमेरिका भित्रदै छ । सन् २०२० मा पनि २.३ बिलियन भन्दा बढी मुल्यका फूल अमेरिका भित्रएका थिए ।

प्रेम दिवसमा कति खर्च गर्छन अमेरिकनहरु ?
अमेरिकी दैनीकि व्यस्थ नै हुन्छ । समय ‘पलपल’ र पैसा ‘पेनीपेनी’ को हिसाव हुन्छ । तर चाड पर्व र छुट्टीहरु अमेरिकनले धुमधाम मनाउछन् । त्यसैले त अमेरिकन लाइफ भनिन्छ ।
‘लङ्ग विक्यान’, ‘ह्याप्पी होलिडे’ । विभन्न चाडपर्वमा अमेरिकनहरु खर्च गर्न डराउदैनन । अमेरिकाको अर्थनीति नै खर्च गर कमाएर तिर हो । छुट्टीमा खर्च गर्छन अनि अरुबेला कमाउछन् ।
नेशनल रिटेल फेडेरेसन (एनआरएफ) ले अमेरिकीहरूले २०२१ मा भ्यालेन्टाइन डेमा २१ बिलियन डलरभन्दा बढी खर्च गरेको भनेको छ । यो रकम २०२० मा खर्च गरेको २७.४ बिलियन डलरभन्दा २० प्रतिशत कम हो । तथ्याङ्कले सन् २०२१ मा औसत अमेरिकीले लगभग एक सय ६४ डलर खर्च गरेको छ देखाएको छ ।
यो पटक विश्व नै कोरोना महामारीको चरम त्रासदीबाट बाहिर निश्कदै छ । अमेरिकाका कतिपय राज्यले सार्वजनिक स्थलमा अनिवार्य मास्क हटाएको छ । सार्वजनिक स्थानमा एक अर्कालाई चुम्वन गर्दै बस्ने समुदायले दुई बर्ष सम्म मास्क जीवन विताउदा कति उकुस मुकुस भएको थियो हो ।
एनआरएफले भर्खरै गरेकाका सर्वेक्षणहरू अनुसार छुट्टी मनाउने योजना बनाएका अमेरिकीहरूले यस वर्ष लगभग एक सय ७५ देखि दुई सय दश डलरको औसतमा खर्च गर्नेछन् भनेको छ ।
अमेरिकन फ्लोरल एन्डोमेन्टले महामारीका कारण मानिसहरुले वित्तिय संकट बेहोरे पनि प्रेम दिवसमा पैसाकै कारण अब अवरोध हुने सम्भावना छैन भनेको छ । किनकी पछिल्ला दुई बर्ष कोरोनाले सबैलाई अचम्मलाग्दो हुने गरी दम्पतीहरूलाई नै नजिक हुन बाट रोकेको थियो । अब यो बर्ष त्यस्तो छैन । प्रेमी प्रेमीकाले एक आपसमा निर्वाध भेटघाट गर्न पाउने छन् फेरि सार्वनिक स्थलमा नै लाजै नमानि एक अर्कालाई चुम्वन गर्न पाउने छन् ।
कसले बढी खर्च गर्छ – पुरुष वा महिला ?
भ्यालेन्टाइन डेमा पुरुष वा महिला मध्ये कसले बढी खर्च गर्ला । तपाईले के सोचिरहनु भएको छ तर तथ्याङ्कले अमेरिकी पुरुषहरूले ११ दशमलव चार बिलियन खर्च गर्छन त्यसको तुलनामा महिलाहरूले गर्ने खर्च जम्मा सात दशमलव आठ विलियन भनेको छ ।
चकलेट र फूलहरूमा अरबौं खर्च
फूलहरूको गुच्छा र चकलेटहरूको बक्स दशकौंदेखि भ्यालेन्टाइन डे उपहार बनेको छ । एनआरएफका अनुसार अमेरिकीहरूले हरेक वर्ष प्रेम दिवसको लागि लगभग ५८ मिलियन पाउन्ड चकलेट खरिद गर्छन्, जसमध्ये ३६ मिलियन मुटुको आकारको बक्सहरू छन्।
अमेरिकामा भ्यालेन्टाइन डेमा बेचिने सबै गुलाबको ६९ प्रतिशत रातो गुलाब रहने एनआरएफको रिपोर्ट छ ।