प्रवासी नेपाली मन्च अमेरिकाले गठन गर्यो फ्लोरिडा राज्य कमिटी
अमेरिका । प्रवासी नेपाली मन्च अमेरिकाले संगठन विस्तार शुरु गरेको छ । यसै क्रममा मन्चले फ्लोरिडा राज्य कमिटी गठन गरेको छ । मन्च नेकपा एमालेको विदेश स्थित शुभेच्छुक संगठन हो ।
फ्लोरिडा राज्यमा बसोबास गर्ने नेपालीहरूको भेलाले सुजित कुमार खड्काको संयोजकत्वमा राज्य कमिटी गठन गरेको हो । रमेश लुईटेल राज्य कमिटीको सहसंयोजक रहेका छन् ।
भेलाको प्रमुख अथिति प्रवासी नेपाली मन्च अन्तर्रास्ट्रिय कमिटी महिला बिभाग प्रमुख कुन्ती थापा थिइन । यस्तै अतिथिमा प्रवासी नेपाली मन्च अमेरिकाको उपाध्याक्ष ,एनआरएन आई सि सि सदस्य तथा झापा समाज अमेरिकाको अध्यक्ष यमुना भट्टराई र नासियाका अध्यक्ष कृष्ण श्रेष्ठ थिए ।