न्यूजर्सीका स्कूलमा मार्च ७ देखि मास्क लगाउन नपर्ने
अमेरिका । न्यूजर्सीका स्कूलमा मार्च दोस्रो हप्ता देखि मास्क लगाउन नपर्ने भएको छ । गभर्नर फिलिप डी. मर्फीले स्कूलमा मास्क अनिवार्य हटाउने आदेश दिएका हुन् ।
न्यूजर्सीमा सन् २०२० को शरद ऋतु देखि स्कूलहरूमा मास्क अनिवार्य गरिएको थियो । महामारी सुरु भएदेखि पहिलो पटक, न्यूजर्सीका विद्यार्थी र शिक्षकहरूलाई मास्क अनिवार्य हटाइएको हो ।
नयाँ नीति मार्चको सात तारिक देखि लागू हुनेछ । न्यूयोर्क र न्यूजर्सी कोराना भाइरसको शुरुवातको समयमा अमेरिकाकै केन्द्रबिन्दु भनेको थियो । यो दुई बर्षको समयमा अमेरिकामा कोरानाका कारण ज्यान गुमाउनेको संख्या नौ लाख भन्दा बढी छ।
न्यूजर्सीको छिमेकी राज्य पेन्सिलभेनियाका डेमोक्र्याटिक गभर्नर टम वुल्फले गत महिना नै आफ्नो राज्यको स्कूल मास्क अनिवार्य निर्णय हटाएका थिए ।
कोविड संख्यामा भएको गिरावटका कारण मास्क अनिवार्य हटाइएको गभर्नरको कार्यलयले जनाएको छ ।
न्यूजर्सीका गभर्नर मर्फीको मास्क अनिवार्य हटाउने योजना सोमबार सार्वजनिक भएपछि, कनेक्टिकट, डेलावेयर र ओरेगनका राज्यहरूमा पनि स्कूल भित्र मास्क अनिवार्य हटाउने आदेश दिएका छन् ।
कनेक्टिकटले विद्यार्थी र कर्मचारीलाई फेब्रुअरी २८ पछि अनिवार्य मास्क हटाउने भएको छ । डेलावेयर र ओरेगनले मार्च ३१ पछि अनिवार्य मास्क हटाउने छन् ।