अमेरिकामा फेरि पनि ठूलो मात्रमा नक्कली ड्राइभर लाइसेन्स बरामद

अमेरिका । यूएस भन्सार र सीमा सुरक्षा (सीबीपी) फेरि पनि ठूलो मात्रामा नक्कली सवारी चालक अनुमति पत्र (ड्राइभर लाइसेन्स) जफत गरेको छ ।
हङकङबाट अमेरिकाका विभन्न राज्यमा पठाउन ल्याइएको नक्कली सवारी चालक लाइसेन्स इन्डियानापोलिस सीबीपीले पक्राउ गरेको दुई साता भित्रै मेम्फिसले तीन हजार भन्दा बढी नक्कली ड्राइभिङ्ग लाइसेन्स बरामद गरेको जनाएको छ ।
नक्कली सवारी चालक अनुमति पत्र विषेश गरि उमेर नपुगेका युवाहरुले प्रयोग गर्ने गरिएको पाइएको अधिकारीहरुले जनाएका छन् । जफत गरिएका नक्कली लाइसेन्सहरुमा प्राय उमेर २१ बर्ष भन्दा माथि हुने गरिएको पाइएको सीबीसले जनाएको छ ।
अमेरिकामा बैधानिक रुपमा मदिरा पिउनका लागि २१ बर्षको उमेर पुरा गरेको हुनु पर्दछ । यस्तै कतिपय राज्यमा धुम्रपानका लागि पनि २१ बर्षकै उमेर तोकिकएको छ । यसै गरि देशमा अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरू, चोरी र ठगीको पहिचानबाट बच्नका लागि पनि नक्कली आइडीको रुपमा प्रयोग हुने गरेको सीबीपीको भनाई छ ।

नक्कली सवारी अनुमति पत्र प्राय जसो चीनबाट प्रिन्ट भएर अमेरिका आउने गरेको बताइएको छ । बराबद गरिएको नक्कली लाइसेन्समा नाम फोटो र उमेर सबै प्रिन्ट हुने गर्दछ ।
नक्कली लाइसेन्सका साथै कोभिड खोपका नक्कली कार्डहरू पनि बराबद गर्ने गरिएको सीबीपीले जनाएको छ । यस पटक बरामद गरिएका नक्कली इजाजतपत्रहरू मिसौरी,आयोवा सहित एक दर्जन राज्यका ठेगनामा पठाउन लागिएका थिए ।
आर्थिक वर्ष २०२१ मा, सीबीपी मेम्फिसले तीन हजार चार सय ८७ नक्कली ड्राइभिङ्ग इजाजतपत्र जफत गरेको जनाइएको छ । अघिल्लो बर्ष अक्टोबर देखि यो बर्ष जनवरी २१ सम्म मात्र चार हजार पाँच सय १६ जफत भएका छन् । जफत भएका केही प्याकेजहरूमा नाम र ठेगाना विश्वविद्यालयका विद्यार्थीको हुने गरेको बताइएको छ ।

फोटो सीबीपी
यो पनि हेर्नु होस ।
हङकङबाट अमेरिका भित्राउन लागिएको ठूलो मात्रमा नक्कली डाइभर लाइसेन्स बरामद