एमसीसी प्रति प्रचण्ड र माधव नेपाल सकारात्मक, मागे १० दिनको समय
काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (एस) का शिर्ष नेता मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रति सकारात्मक बनेका छन् ।
उनीहरुले एमसीसी पारित गराउने तर त्यसका लागि दश दिनको समय मागेको बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसका अध्यक्ष माधवकुमार नेपालबीच मुलुकलाई घाटा नहुने गरि एसीसी संसदबाट पारित गराउन सहमत भएका हुन् ।
प्रधानमन्त्री देउवाले एससीसीलाई अब यथास्थितिमा राख्न नहुने भन्दै सत्ता साझेदारको धारणा प्रष्ट हुनु पर्ने बताए पछि प्रचण्ड र माधव नेपालले केही दिन पर्खन माग गरेको बालुवाटार स्रोतले भन्यो । ‘राष्ट्रलाई घाटा नहुने गरि एसीसी पास गर्नु पर्छ तर हामीहरुले पनि पार्टीभित्र सहमति गर्नु पर्छ दश दिन जति पर्खिनु ।’
प्रचण्ड र माधव नेपालको आग्रह पछि आइतवारका लागि तय भएको संसद अधिवेशन पनि १० दिनलाई सारिएको स्रोतको दावी छ ।
अमेरिकी सहयोग एसीसी लामो समय देखि गिजोलिदै आएको छ । अमेरिकाले नितान्त आर्थिक अनुदान भन्दा भन्दै पनि यो सैन्य सहयोग हो एसीसी आयो भने अमेरिकी सेनाले नेपाली भूमिमा परेड खेल्छ भन्ने जस्ता सन्देश जनता माझ पुगेको छ । जसले गर्दा एसीसी विवादमा छ ।
अमेरिकाले एसीसी सैन्य सहयोग नभएको प्रष्ट पारेको छ । अमेरिकाले एसीसीका बारेमा अब कुनै संसोधन नहुने बताउदै आएको छ ।
एमसीसी विवाद पछि पटक पटक कार्यदल नै गठन भएका छन् । यस पटक पनि सत्ता गठबन्धनले पनि कार्यदल बनाएको छ ।
नेकपा एसका नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । कार्की तिनै व्यक्ति हुन् जसले
अर्थमन्त्री हुँदा नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यदलले अहिले सम्म एसीसीका बारेमा कुनै टुंगो लगाएको छैन ।