क्यानडाबाट अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्दा मृत्यु हुने एकै परिवारका चार भारतीय भएको पुष्टी
अमेरिका । दश दिन अगाडि क्यानडाबाट अवैध रुपमा अमेरिका प्रवेस गर्ने क्रममा निधन भएका चार जना भारतीय भएको पुष्टी भएको छ ।
मृत्यहुने चारै जना एकै परिवारको भएको जनाइएको छ । जनवरी १९ तारिकमा सीमा सुरक्षा गस्तिमा रहेको टोलीले चार जनाको शव भेटेको भन्दै विज्ञप्ति जारी गरेको थियो । सो क्रममा दुई भारतीय सहित अन्य पाँच जनालाई पनि पक्राउ गरिएको थियो । उनीहरुलाई अवैध रुपमा अमेरिका प्रवेस गर्न लागिएको आरोप लागेको थियो ।
द इन्डीया एक्प्रेसले मृत्युहुने ती चार जना भारतीय भएको र गुजरातका पटेल परिवार भएको पुष्टी भएको भन्दै तस्वीर सहित समाचार छापेको छ । अत्याधिक चिसोका कारण उनीहरुको निधन भएको अनुमान गरिएको छ । उनीहरु पैदल हुनै अमेरिका प्रवेस गर्न खोजेको जनाइएको छ ।
क्यानडाको ओटावास्थित उच्चायोगले चारै जनाको पहिचान गरी ३९ वर्षीय जगदीश पटेल, उनकी श्रीमती वैशाली (३७), छोरी विहांगी (११) र छोरा धार्मिक (३) रहेको जनाएइको छ ।