स्थानीय निर्वाचन सार्नु संविधान विपरित : गगन थापा, महामन्त्री कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन सार्नु संविधान विपरित हुने बनताएका छन् ।
पार्टी कार्यलयमा शुक्रवार सञ्चारकर्मीहरुसँग प्रतिक्रियादिदै थापाले स्थानीय निर्वाचन सार्नका लागि गठवन्धनमा भएका छलफल संविधान विपरित भएको पनि बताएका छन् ।
महामन्त्री थापाले आफूहरुले यस बारेमा पार्टी सभापति शेरबहादुर देउवालाई पनि भनेको र देउवाले गठवन्धनको बैठकमा कुरा उठाउने विश्वास व्यक्त गरे ।
‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धन भित्र प्रवेश भएको छ । जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ति कुनैपनि विषयहरु संविधानसम्मत् छैन ।’ थापाले भने ।
उनले संविधानले हुदैन भनेको कुरालाई कांग्रेसले बोक्नुपर्ने कुनैपनि कारण नभएको पनि बताए ।