अमेरिकी संसदमा दशै विधेयक औपचारिक रूपमा दर्ता..
अमेरिका । अमेरिकी संसदमा कानुनका लागि दशै विधेयक बुधवार औपचारिक रुपमा दर्ता भएको छ ।
नेपालीमुलका अमेरिकन सांसद (डेलिगेड) ह्यारी भण्डारीले मेरिल्याण्ड संसद अधिवेशनको बुधवारको शत्रमा दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरेका हुन् ।
भण्डारीले समाजिक सञ्जालमा विधेयक दर्ताबारे जानकारी गराएका छन् । ‘नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र उनीहरूको डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि संसदमा प्रस्तुत गर्दा एक नेपाली मूलको विधायक हुनुले गौरवको अनभूति भएको छ ।’ भण्डारीले लेखेका छन् ।
‘विधेयकको प्रस्तावनामै ‘बसुधैव कुटूम्बकम’को भावनाबाट अभिप्रेरित यो चाड ‘असत्यमाथि सत्यको जीत’ हुँदा उत्सवका रूपमा मनाइन प्रारम्भ गरिएकोले यसको सर्वकालिक महत्व रहेको उल्लेख गरेको छु ।’
भण्डारीले हरेक वर्ष अक्टोबर ५ लाई दशै दिवशका रूपमा मान्यता दिइयोस् भनेर प्रस्तुत गरिएको जनाएका छन् । उनका अनुसार यो विधेयक अब कानून बन्ने विधायिकी प्रक्रियामा प्रवेश गरेको छ ।
भण्डारीले भनेका छन् ‘यो विधेयकलाई ऐन बनाउने तार्किक निस्कर्षमा पुर्याउन सहज छैन तर असम्भव पनि छैन । सपना देखिएको छ र प्रयास भएको छ, प्रयत्न जारी रहने छ । विविधता नै सुन्दरता मानिने यो देशले कुनै दिन दशैंले अवश्य पनि मान्यता पाउँने नै छ । यस अभियानको प्रारम्भकर्ता भएकाले यसलाई तार्किक निस्कर्षमा पुर्याउन मेरो प्रयत्न सदैव रहनेछ ।’