अमेरिकी राष्ट्रपति बाइडेनले सार्वजनिक कार्यक्रममै पत्रकारलाई अपशब्द बोले
अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो कार्यकालको पहिलो बर्ष पुरा गर्दै गर्दा थप आलोचित हुन थालेका छन् ।
संभवत उनमा त्यसको तनाव छ । त्यसैले उनले ह्वाइट हाउसमा आयोजित औपचारिक पत्रकार सम्मेलनमा अपशब्द बोलेका छन् ।
अफगानस्थानबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय सँगै आलोचना खेप्दै आएका राष्ट्रपति बाइडेन अहिले युक्रेनको समस्याले घेरिएका छन् । त्यसको साथ साथै मुद्रास्फीतिको अर्को समस्या पनि उनको सामु छ ।
सोमवार फक्स न्यूजका संवाददाता पीटर डूसीले मुद्रास्फीतिका बारेमा प्रश्न सोध्दा राष्ट्रपति बाइडेनले र**को (‘b**ch) को छोरा’ भनेर प्रतिक्रिया दिए ।
बाइडेनले पहिलो पटक युक्रेनमा सेना पठाउने प्रश्नको संक्षिप्त जवाफ दिए त्यस पछि डुसीले विषयगत प्रश्न सोधेका थिए ।
राष्ट्रपतिले आपूर्ति-श्रृंखला समस्याहरू र मुद्रास्फीतिलाई सम्बोधन गर्नका लागि आफ्ना प्रयासहरूलाई प्रचार गर्ने उद्देश्यले पत्रकार सम्मेलन गरेका थिए । राष्ट्रपतिले उनको तयारी बक्तव्य सके पछि पत्रकारहरुले प्रश्न सोध्न थालेका थिए ।
राष्ट्रपतिले संभवत माइक अफ भएको सोचेर बोलेको हुन सक्ने अनुमान गरिएको छ । त्यसो त स्वयम पत्रकारले पनि केही समय पछाडि मात्र राष्ट्रपतिले आफुलाई अपशब्द बोलेको थाहा पाएको जनाएका छन् ।
राष्ट्रपतिको सो शब्दको अहिले अमेरिकी मुलधारको मिडियामा चर्को आलोचना भइरहेको छ ।
राष्ट्रपतिको पत्रकार सम्मेलनको पूर्ण नोट ह्वाइट हाउसको आधिकारिक साइडमा पनि राखिएको छ । त्यहा पनि राष्ट्रपतिले बोलेको अपशब्द छ ।
पत्रकार सम्मेलनको अन्तमा पत्रकार र राष्ट्रपति बाइडेन सवाल जवाफ यस्तो थियो ।
पत्रकार : राष्ट्रपति महोदय, आज युक्रेनमा के भइरहेको छ भन्ने बारे युरोपेली नेताहरूसँगको तपाईको फोन बार्ताबारे हामीलाई संक्षिप्त अपडेट दिन सक्नुहुन्छ?
राष्ट्रपति: मलाई यो गर्न मन नपर्ने एउटै कारण हो कि मैले किन बैठक बोलाएको छु भनेर तपाईंले कहिल्यै रिपोर्ट गर्नुभएन । र यो साँच्चै महत्त्वपूर्ण छ।
मेरो धेरै, धेरै, धेरै राम्रो कुरा भयो। सबै युरोपेली नेताहरूसँग पूर्ण एकमत। हामी यसको बारेमा पछि कुरा गर्नेछौं।
धन्यवाद।
पत्रकार : के तपाई युक्रेनमा सेना पठाउनुहुन्छ, सर? तपाईं किन 8,500 सेनाहरू युक्रेनमा पठाउँदै हुनुहुन्छ? त्यसपछि मुद्रास्फीतिको बारेमा प्रश्नहरू लिनुहुन्छ? के तपाईलाई लाग्छ कि मुद्रास्फीति मध्यावधि अगाडि राजनीतिक दायित्व हो?
राष्ट्रपति: होइन, यो ठूलो सम्पत्ति हो। थप मुद्रास्फीति। कस्तो मूर्ख र**को (‘b**ch) को छोरो