न्यूयोर्कमा ग्यास विस्फोट,भवन भत्किँदा एकको मृत्यु, ७ घाइते
अमेरिका । न्यूयोर्कको ब्रोन्क्समा भएको ग्यास विस्फोटमा एक जनाको निधन भएको छ । मंगलवार विहान भएको घटनामा सात जना घाइते भएका छन् ।
ग्यास विष्फोट पछि तीन तले घरमा ठूलो आगो लागेको र भवन भत्किँदा ८२ बर्षिया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सात मध्ये एक ७७ बर्षीया महिलाको अवस्था गम्भिर छ । घाइतेको लिंकन अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सार्वजनीक भिडियोमा अग्नी नियन्त्रकहरुले आगोमा पानी हाल्न थालेपछि भवन भत्किन थालेको देखिन्छ । भवनको अगाडिको भाग नै खसेको थियो । आगो छिमेकीको घरमा पनि फैलिएको थियो ।
विस्फोटको कारण पत्ता लाग्न बाँकी छ । यो विस्फोट ब्रोन्क्स अपार्टमेन्ट भवनमा भएको आगलागिबाट १७ व्यक्तिको मृत्यु भएको नौ दिन पछि भएको हो ।