एनआरएनए इङ्ल्याण्डले भर्च्युयल दौड आयोजना गर्ने
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद (एनसीसी) अन्तर्गत इङ्ल्याण्ड च्याप्टरले भर्च्युयल दौड गर्ने आयोजना भएको छ ।
एनआरएनए यूकेका खेलुकद विभागका प्रमुख सल्लाहाकार एवं वरिष्ठ तेक्वान्दो प्रशिक्षक राष्ट्र राईका अनुसार भर्चुअल दौड आफ्नो इच्छा र अनुकुलता अनुसार कुनै पनि समयमा पूरा गर्न सकिनेछ ।
‘यो विदेशमा रहेका नेपालीलाई शारीरिक र मानसिक रुपमा जागरुप गराउने उद्दयेश्य हो ।’ समाज टाइम्स सँगको कुराकानीमा राईले भने ।
सहभागिले आफ्नै घर-गार्डेन, सडक, पार्क, जिम ट्रयाक वा ट्रेडमिलमा समेत दौड पूरा गर्न सक्ने छन् । तर उनीहरुले आफुले दौड पुरा गरेको प्रमाण भिडियो वा फोटोमा देखाउनु पर्ने छ । दौडको दुरी र पुरा गरेको समय पनि प्रमाणित गर्नु पर्ने छ ।
‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशका साथ विश्वभरि छरिएर रहेका नेपाली समुदायलाई शारीरिक र मानसिक तन्दुरुस्त रहन प्ररित गर्का लागि लागि यस्तो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।
कोरोना महामारीका कारण शारीरिक एवम् मानसिक रुपमा समेत असर परेकाले यस्तो कार्यक्रमले राहत मिल्ने अपेक्षा आयोजकको गरेको छ ।
दौडमा सहभागि हुनका लागि यहाँ लिङ्कमा क्लिक गरि तपाईले आफ्नो विवरण भर्नु पर्ने छ । दर्ता गर्दा कुनै शुल्क तिर्नु पर्ने छैन् ।