माधव नेपालको ओली प्रतिको आक्रोश : ‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन’
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष माधव नेपाल एमाले अध्यक्ष ओली प्रति बढी नै आक्रामक भएका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा ओलीलाई भुक्ने कुकुरको संज्ञा दिँदै कोही डाक्टर भए उनको उपचार गर्न सुझाव समेत दिए ।
ओली दम्भी, अहङ्कारी र खराब प्रवृत्तिको मान्छे भएको उनको आरोप थियो ।नेपालले भने, “बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन । बिचराको त्यो हालत,बालकोट पुग्ने बित्तिकै भुक्नुपर्ने । कोही डाक्टर हुनुहुन्छ भने उपचार गर्दिनुस् । ”
ओलीलाई आफ्ना पुराना नेता कार्यकर्ताभन्दा राप्रपा र महन्त ठाकुरहरू प्यारा लागेको टिप्पणी गरे । उनले ओलीमाथि गालीका कुनै शब्द बाँकी राखेनन् ।
प्रचण्डको पिठ्युँलाई सिँढीको रूपमा प्रयोग गरेर अग्लो बन्ने योजना अनुसार ओलीले नेकपा एकता गरेको समेत नेपालले आरोप लगाए ।