अमेरिका निवासी लोक तिवारी राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । लामो समय देखि अमेरिका व्यवसाय गर्दै आएका लोक तिवारी राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
तिवारीले एक हजार तीन सय ८१ मत प्राप्त गरे । तिवारी गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष पनि हुन् । अमेरिकामा नेपाली समाजमा सामाजिक काममा सक्रिय रहने तिवारी व्यवसायी पनि हुन् ।