निधिबाट सभापतिमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दे निधिले सभापतिका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै निधिले परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले आफ्नो प्रतिबद्धता र योजना सहित उम्मेदवारी घोषणा गरेका हुन् ।