कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा
विवादास्पद अभिव्यक्तिपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । उनीविरुद्ध अदालतमा अयोग्यतासम्बन्धी मुद्दा दायर भएको थियो । महामारी नियन्त्रणमा उचित कदम नचालेको उनीमाथि आरोप लागेको छ । महामारी रोक्न आवश्यक कदम नचालेको भन्दै अदालतमा १४ हजार पाँच सय उजुरी परेको थियो । चिकित्सक, विभिन्न पेसाकर्मी, बन्दी र सर्वसाधारणले उजुरी दिएका थिए ।
फ्रान्समा कोभिडका कारण अहिलेसम्म एक लाख १६ हजारको मृत्यु भइसकेको छ । संक्रमण फैलिएपछि अहिलेसम्म ६९ लाख संक्रमित भएका छन् ।
एजेन्सी
फोटो अल जजिरा










