इन्डोनेसियाको वायु प्रदुषणमा राष्ट्रपति जिम्मेवारः अदालत
जार्काता, १ असोज
इन्डोनेसियामा वायु प्रदुषण बढ्नुमा राष्ट्रपति जोको उदोदो र उच्च अधिकारी जिम्मेवार भएको त्यहाँको एक अदालतले ठहर गरेको छ । एक महत्वपूर्ण फैसलामा अदालतले वातावरण प्रदुषण बढ्न उनीहरु जिम्मेवार भएको ठहर गर्दै नियन्त्रण गर्न निर्देशन दिएको छ ।
अदालतले राष्ट्रपतिलाई वायुको गुणस्तर सुधार गर्न निर्देशन दिनुको साथै प्रान्तीय सरकारले जाकार्ताका पुराना सवारी साधन नियमित जाँच गर्न आदेश दिएको हो ।
सन् २०१९ राष्ट्रपति उदोदो, वातावरण मन्त्रालय र जाकार्ताका गभर्नरसहितलाई विपक्षी बनाएर स्थानीयले सरकारबिरुद्ध मुद्दा दायर गरेका थिए ।
दुई वर्षअघि इन्डोनेशियाको एउटा हवाई गुणस्तर अनुगमन गर्ने निकायले जार्कातालाई विश्वकै प्रदूषित शहरका रूपमा सूचिकृत गरेको थियो । इटा भट्टीबाट निस्कने धुँवा र अनियन्त्रित सवारी साधनका कारण इन्डोनेसियामा प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।