October 24, 2021

कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा

कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा
 काठमाडाैं, २७ भदौ । आफू स्वास्थ्यमन्त्री हुँदा देशमा फैलिरहेको कोरोना महामारी नजरअन्दाज गर्ने फ्रान्सकी एक नेतृ अदालत उपस्थित भएकी छन् । पूर्वस्वास्थ्यमन्त्री एग्नेस बजयान कार्यक्षमतामा अयोग्यसम्बन्धी मुद्दामा अदालत उपस्थित भएकी हुन् । गत वर्षको जनवरीमा बजयानले देशमा कोरोना संक्रमणको दर नगण्य भएको बताएकी थिइन् ।

विवादास्पद अभिव्यक्तिपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । उनीविरुद्ध अदालतमा अयोग्यतासम्बन्धी मुद्दा दायर भएको थियो । महामारी नियन्त्रणमा उचित कदम नचालेको उनीमाथि आरोप लागेको छ । महामारी रोक्न आवश्यक कदम नचालेको भन्दै अदालतमा १४ हजार पाँच सय उजुरी परेको थियो । चिकित्सक, विभिन्न पेसाकर्मी, बन्दी र सर्वसाधारणले उजुरी दिएका थिए ।

फ्रान्समा कोभिडका कारण अहिलेसम्म एक लाख १६ हजारको मृत्यु भइसकेको छ । संक्रमण फैलिएपछि अहिलेसम्म ६९ लाख संक्रमित भएका छन् ।

एजेन्सी

फोटो अल जजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *