अनेस्ट रियल स्टेटको ‘कर्पोरेट परिवार’ : व्यापार, अनुभव र आत्मीयता साटासाट
इस्ट वाटरफोर्ड, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग शहरबाट करिब ७५ माइल टाढा। विशाल सस्क्वाहना नदीको तीरै तीर हुदै अगाडी बढे पछि वरीपरी गाँउ बस्ती, गाइ गोठलाई निहाल्दै सभा घण्टाको यात्रा।
इस्ट वाटरफोर्टको सुन्दर जंगलबीच एयर बीएनबीको एउटा आवास।
शुक्रबार र शनिबारका दुई रात। ५० जनाभन्दा बढी रियल्टर, साझेदार र कम्पनीका प्रतिनिधि।
त्यहाँ व्यापारका कुरा भए, भविष्यका योजना बने, कहाँ सुधार गर्ने भन्नेबारे अनुभव साटिए। अनि व्यापारको औपचारिकता छाडेर सबै एउटै भान्सामा पुगे—मिठा परिकार पकाउँदै, खाँदै र रमाउँदै।
अनेस्ट रियल स्टेटका ओनर सुरेश सापकोटा र अञ्जना बुढाथोकी दम्पत्ती आफैँ भान्सामा व्यस्त थिए।

यो कुनै सामान्य कर्पोरेट बैठक थिएन। यो थियो—व्यवसायसँगै सम्बन्ध र मन मिलाउने अनेस्ट परिवारको दुई दिने आवासीय बनभोज।
अनेस्ट रियल स्टेटसँग जोडिएका रियल्टर, साझेदार तथा विभिन्न कम्पनीका प्रतिनिधिहरू एउटै छानामुनि भेला भए।
भर्जिनिया, पेन्सिल्भेनियाको ह्यारिसबर्ग आसपास, पिट्सबर्गलगायतका क्षेत्रबाट आएका ५० जनाभन्दा बढी सहभागीका लागि यो जमघट औपचारिक बैठकभन्दा बढी आत्मीय भेटघाट बन्यो।

व्यापार र रियल स्टेटका विषयमा कुराकानी हुन्थ्यो। कम्पनीलाई अझ कसरी विस्तार गर्ने, कहाँ सुधार आवश्यक छ, ग्राहकसँगको सम्बन्ध कसरी बलियो बनाउने, नयाँ बजारमा कसरी पुग्ने—यस्ता विषयले छलफलमा ठाउँ पाउँथे।
व्यवसाय सँग सँगै खानपिनका कुरा पनि । कसैले तरकारी काट्थे, कसैले भान्सामा हात लगाउँथे। कोही नयाँ परिकार बनाउने तयारीमा हुन्थे ।
साझा भान्सा, साझा खाना र साझा बसाइले सहभागीहरूबीचको दूरी झन् घटाइदियो।

व्यापारभन्दा बाहिरको सम्बन्ध
अनेस्ट रियल स्टेटका ओनर तथा एसोसिएट ब्रोकर सुरेश सापकोटाका लागि ह्यारिसबर्गमा कम्पनी सञ्चालन गरेको डेढ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रम केवल रमाइलो गर्ने जमघट थिएन।
“ह्यारिसबर्गमा अनेस्ट रियल स्टेट सञ्चालन गरेको डेढ वर्ष भयो। हाम्रा सबै एजेन्ट, घरधनी, क्लाइन्ट र साझेदारहरूसँगको सम्बन्धलाई अझ आत्मीय बनाउन यो कार्यक्रम गरेका हौँ,” सापकोटाले बताए।
ह्यारिसबर्गमा पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
५० जनाभन्दा बढीको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनायो। सहभागीहरूबीच परिचय मात्र भएन, पहिलेबाट चिनजान भएकाहरूबीचको सम्बन्ध पनि थप नजिकियो।
“सबै जना आउनुभएको छ, सबै जना खुसी हुनुहुन्छ। रमाइलो भइरहेको छ,” सापकोटाले भने।
‘कर्पोरेट परिवार’को अनुभूति’
‘रियल स्टेटको व्यवसायमा एजेन्ट, ब्रोकर, घरधनी, ग्राहक र साझेदार कम्पनीबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ। अनेस्टले यही सम्बन्धलाई कार्यालयको औपचारिक दायराभन्दा बाहिर लैजाने प्रयास गरेको हो ।’ अनेस्ट रियल स्टेट ह्यारिसबर्ग र पिट्सबर्ग क्षेत्र प्रमुख विश्वनाथ क्षेत्रीले भने ।

उनका अनुसार अनेस्टसँग जोडिएका एजेन्ट तथा साझेदार संस्थाहरूलाई सम्मान र धन्यवाद व्यक्त गर्न पनि कार्यक्रम आयोजना गरिएको हो।
तर दुई दिनको बसाइले कार्यक्रमको अर्थ औपचारिक धन्यवादभन्दा निकै पर पुर्यायो।
एकै ठाउँमा बस्दा कामका अनुभव साटिए। व्यवसायका समस्या र सम्भावनाबारे कुरा भए। एकअर्काबाट सिक्ने अवसर मिल्यो। अनि सबैभन्दा महत्वपूर्ण कुरा—व्यावसायिक सम्बन्ध व्यक्तिगत आत्मीयतामा बदलियो।
त्यसैले यो जमघटलाई सहभागीहरूले ‘कर्पोरेट परिवार’को जमघटका रूपमा अनुभव गरे।

अनेस्ट रियल स्टेटकी रियल स्टेट ब्रोकर, संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जना बुढाथोकीका लागि पनि यस्तो कार्यक्रमको आफ्नै महत्व छ।
नेपाली समुदायमा सिमित महिला ब्रोकर मध्ये एक बुढाथोकीका अनुसार व्यस्त व्यावसायिक जीवनमा यस्ता जमघटले मानिसलाई एकअर्कासँग नजिक ल्याउँछन्।
उनको बुझाइमा यस्तो भेटघाटले केवल चिनजान बढाउँदैन, आपसी सामीप्यता र आत्मीयता पनि बढाउँछ।
विस्तारको तयारी
अनेस्ट रियल स्टेट अहिले अमेरिकाका विभिन्न राज्यमा आफ्नो सेवा विस्तार गर्ने क्रममा छ।
भर्जिनियामा कार्यालयहरू सञ्चालन गरिरहेको कम्पनीको उपस्थिति ह्यारिसबर्ग, पिट्सबर्ग, फिलाडेल्फियालगायतका क्षेत्रमा पनि छ। म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा समेत कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेको छ।
आगामी दिनमा पिट्सबर्गबाट अगाडि बढ्दै कोलम्बसतर्फ जाने योजना रहेको सापकोटाले बताए। न्यु जर्सी र न्युयोर्कमा पनि विस्तारको प्रक्रिया चलिरहेको छ। नर्थ क्यारोलिनामा लाइसेन्स प्राप्त भइसकेको र कार्यालय सञ्चालनको तयारी भइरहेको सापकोटाले जानकारी दिए।
रियल स्टेटमा घर बेचिन्छ, किनिन्छ र लगानी गरिन्छ। तर अनेस्टको यो जमघटले एउटा फरक कुरा देखायो—व्यवसाय घर–जग्गाबाट मात्र बन्दैन, मानिसबीचको विश्वासबाट पनि बन्छ।















