नमस्ते फर्निचरको तेस्रो वार्षिकोत्सवमा दुई दिन विशेष अफर, सबै सामानमा २० प्रतिशत छुट
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / ह्यारिसबर्गमा नेपाली भाषी समुदायबाट सञ्चालित नमस्ते फर्निचरले आफ्नो व्यवसायको तेस्रो वार्षिकोत्सवको अवसरमा सेप्टेम्बर १८ र १९ मा विशेष अफर ल्याएको छ।
वार्षिकोत्सवको अवसरमा दुई दिन नमस्ते फर्निचरमा उपलब्ध सबै सामानमा २० प्रतिशत छुट दिइने भएको छ।
नमस्ते फर्निचरका सञ्चालक भवानी महतका अनुसार तीन वर्षअघि सुरु भएको व्यवसायले छोटो समयमै ग्राहकको विश्वास र साथ पाएको छ। ह्यारिसबर्ग क्षेत्रमा नेपाली भाषी समुदायबाट सञ्चालन भएको यो पहिलो फर्निचर व्यवसाय भएको महतले बताए।
“नमस्ते फर्निचर तीन वर्षमा प्रवेश गर्नु हाम्रो लागि निकै खुसीको कुरा हो। यो यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण ग्राहकप्रति आभारी छौँ,” महतले भने।
वार्षिकोत्सवको अवसरमा सेप्टेम्बर १८ र १९ मा ग्राहकले आफूलाई आवश्यक पर्ने फर्निचर खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्। महतका अनुसार नमस्ते फर्निचरले नियमित रूपमा पनि स्थानीय बजारमा प्रतिस्पर्धात्मक मूल्यमा सामान उपलब्ध गराउँदै आएको छ।
“अरू ठूला अमेरिकी स्टोरहरूले बिक्री गर्ने सामानभन्दा कम मूल्यमा सामान उपलब्ध गराउने हाम्रो प्रयास हुन्छ। त्यसमा पनि वार्षिकोत्सवको अवसरमा थप २० प्रतिशत छुट दिँदैछौँ,” उनले भने।
नमस्ते फर्निचरले ह्यारिसबर्ग आसपासको क्षेत्रमा ६० माइलसम्म निःशुल्क डेलिभरी र इन्स्टलेसनको सुविधा उपलब्ध गराउँदै आएको छ। महतका अनुसार निश्चित क्षेत्रभन्दा बाहिरका ग्राहकका लागि पनि खरिद रकमअनुसार डेलिभरी तथा इन्स्टलेसन सुविधा उपलब्ध गराउन सकिनेछ।
उनले अनलाइनमा देखिने मूल्यसँग मात्र तुलना नगरी स्थानीय बजारमा उपलब्ध सामान, मूल्य, डेलिभरी र इन्स्टलेसनलगायतका सेवाको समग्र लागत हेरेर फर्निचर खरिद गर्न ग्राहकलाई आग्रह गरे।
नमस्ते फर्निचरले ग्राहकका लागि १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा फाइनान्सिङको सुविधा पनि उपलब्ध गराएको छ। वेल्स फार्गो तथा सिन्क्रोनी बैंकमार्फत फाइनान्सिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नमस्ते फर्निचरमा लिभिङ रुम, बेडरुम, डाइनिङ, म्याट्रेस, रग, डेकोर, आउटडोर तथा अफिसका फर्निचरसहित विभिन्न सामग्री उपलब्ध छन्।
महतले तीन वर्षको यात्रामा साथ दिने ग्राहक तथा नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्दै वार्षिकोत्सवको अवसरमा सेप्टेम्बर १८ र १९ मा स्टोरमा आएर विशेष अफरको लाभ लिन आग्रह गरेका छन्।















