ट्रम्प प्रशासनद्वारा एक पाकिस्तानी सहित दश जनाको अमेरिकी नागरिकता खारेजीका लागि मुद्दा दायर
वासिङ्टन / अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) सँग मिलेर विभिन्न जिल्ला अदालतहरूमा १० जना व्यक्तिहरू विरुद्ध नागरिकता खारेजीको (डिनेचुरलइजेसन) कानुनी प्रक्रिया सुरु गरेको घोषणा गरेको छ।
डीएचएसद्वारा सोमवार जारी विज्ञप्ति अनुसार ती व्यक्तिहरूमाथि नाबालकको यौन दुर्व्यवहार, स्वास्थ्य सेवा र वायर ठगी, अध्यागमन ठगी, र कोकिन वितरण गर्ने उद्देश्यले कब्जामा राख्ने षड्यन्त्र जस्ता गम्भीर अपराधका आरोपहरू छन्।
यी उजुरीहरू पछिल्ला ३० दिनहरूमा दर्ता गरिएका हुन्।
अध्यागमन र राष्ट्रियता ऐन अन्तर्गत, यदि कुनै अङ्गीकृत अमेरिकी नागरिकको नागरिकता गैरकानुनी रूपमा प्राप्त गरिएको थियो वा कुनै महत्त्वपूर्ण तथ्य लुकाएर वा जानाजानी झूटो विवरण पेश गरेर लिइएको थियो भने, त्यस्तो नागरिकता खारेज गर्न र नेचुरलाइजेशनको प्रमाण पत्र रद्द गर्न सकिन्छ।
डीएचएस सचिव मार्कवेन मुलिनले भने, “जब तपाईँ नेचुरलइजेसन प्रक्रियाको क्रममा ठगी गर्नुहुन्छ, तब तपाईँले आफ्नो अमेरिकी नागरिकता कायम राख्ने अधिकार गुमाउनुहुन्छ।’
उनले लागू औषध तस्कर, बाल यौन दुराचारी र ठगहरू सम्मिलित यी आपराधिक विदेशीहरूले त्यो अधिकार गुमाएको बताए ।
‘वास्तविक अमेरिकी नागरिकहरूलाई हानि पुऱ्याउँदै हाम्रो अध्यागमन प्रणालीको दुरुपयोग गरेका छन्।डीएचएस सँग उपलब्ध सबै उपायहरू प्रयोग गरेर यी ठगहरूको नागरिकता खारेज गर्न र उनीहरूलाई देश निकाला गर्न प्रतिबद्ध छ।’ सचिव मार्कवेनले भने ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले अहले नागरिकता खारेजीको मुद्दा दायर गरिएकाहरू बाल यौन दुर्व्यवहार गर्नेहरू, झण्डै नौ लाख डलरको मेडिकेयर ठगी गर्ने व्यक्ति र एक कोकिन तस्कर भएको बताए ।
‘उनीहरूले झूट बोलेर अमेरिकी नागरिकता लिएका थिए,” कार्यवाहक महान्यायाधिवक्ता ब्लान्चले भने, ‘यी प्रत्येक व्यक्तिमा कानुनले तोकेको राम्रो नैतिक चरित्रको कमी थियो र उनीहरूले आफ्ना अपराधहरू लुकाएर तथा जानाजानी झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गरेका थिए।’
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा, न्याय मन्त्रालयले अमेरिकाको नेचुरलाइजेशन प्रक्रियाको गरिमा पुनः स्थापना गर्न नागरिकता खारेजीको प्रक्रियालाई आक्रामक रूपमा अगाडि बढाउने बताए ।
डिपार्टमेन्ट अफ जस्टिसको सिभिल डिभिजनका सहायक महान्यायाधिवक्ता ब्रेट ए. शुमेटले अमेरिकी नागरिकता पाउनका लागि धोखाधडी गर्ने अपराधीहरूलाई सजिलै नछोड्ने बताए । ्
‘यदि तपाईँले नेचुरलाइजेशन प्रक्रियामा ठगी गर्नुभएको छ भने, तपाईँले न्याय मन्त्रालयको पूर्ण कानुनी कारबाहीको सामना गर्नुपर्नेछ। हामीले भर्खरै सुरुवात मात्र गरेका छौँ—अझै धेरै उजुरीहरू आउन बाँकी छन्।’ शुमेटले भने ।
कस्ता व्यक्ति नागरिकता खारेजीमा परे ?
नागरिकता खारेजीका लागि प्रक्रिया अगाडि बढाइएकाहरूमा एक जना पाकिस्तानी सहित अधिकांश दक्षिण अमेरिकीहरू छन्।
१. योस्माइकल रोड्रिगेज पेरेज (उमेर ४५/क्युबा):
क्युबाका नागरिक रोड्रिगेज पेरेज सन् २००४ मा वैध स्थायी बासिन्द बनेका थिए र सन् २०१८ मा अमेरिकी नागरिकका रूपमा नागरिकता पाएका थिए।
तर, नागरिकता प्राप्त गर्नुअघि रोड्रिगेज पेरेजले एउटा नक्कली मेडिकल क्लिनिक सञ्चालन गरेर मेडिकेयरमा ८ लाख ८६ हजार ६ सय ९४ भन्दा बढीको गलत र ठगीपूर्ण दाबी पेश गरेका थिए।
रोड्रिगेज पेरेजले नागरिकता प्रक्रियाभरि यो आपराधिक कार्य लुकाए र यू.एस. सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज ( यूएससीआइएस) का अधिकारीसामु शपथ खाएर झूटो बयान दिए। पछि रोड्रिगेज पेरेजले स्वास्थ्य सेवा र वायर ठगी गर्ने षड्यन्त्रको आरोपमा आफ्नो दोष स्वीकार गरे र दोषी ठहरिए।
जुन १८, २०२६ मा, अमेरिकाले फ्लोरिडाको साउदर्न डिस्ट्रिक्टमा उनी विरुद्ध चार-बुँदे नागरिकता खारेजीको मुद्दा दायर गरिएको छ । उजुरीमा रोड्रिगेज पेरेजले गैरकानुनी रूपमा नागरिकता प्राप्त गरेको आरोप लगाइएको छ किनभने उनको नैतिक पतन देखिने अपराध, गैरकानुनी कार्य र झूटो बयानका कारण नागरिकताका लागि आवश्यक ‘राम्रो नैतिक चरित्र’ उनीसँग थिएन; र उनले महत्त्वपूर्ण तथ्यहरू लुकाएर र जानाजानी झूटो विवरण दिएर अमेरिकी नागरिकता प्राप्त गरेका थिए।
२. सेफ्लो लुभियानो-मोजिका (उमेर ६०/मेक्सिको):
मेक्सिकोमुलका सेफ्लो लुभियानो-मोजिका विरुद्ध नागरिकता खारेजीको मुद्दा दायर गर्यो। उनले हतियार लुकाएर हिँडेको र ठूलो चोरीको आरोपमा आफू पक्राउ परेको र ३० दिन जेल बसेको कुरा लुकाएका थिए।
सन् १९९८ मा, लुभियानोले जर्जियाको नर्दन डिस्ट्रिक्टमा नेचुरलाइजेशनका लागि आवेदनमा झूटो विवरण दिएको आरोपमा आफ्नो दोष स्वीकार गरेका थिए। लुभियानोले आफ्नो नागरिकता आवेदन र अन्तर्वार्ता दुवैको क्रममा आफू कहिल्यै पक्राउ परेको, आरोपित भएको वा कुनै कानुन उल्लंघन गरेबापत जेल नगएको भनी शपथ खाएर झूटो बयान दिएको स्वीकार गरेका थिए।
अमेरिकाले जर्जियाको नर्दन डिस्ट्रिक्टमा दुई-बुँदे नागरिकता खारेजीको मुद्दा दायर गर्दै लुभियानोले आवश्यक राम्रो नैतिक चरित्रको अभाव हुँदाहुँदै र तथ्यहरू लुकाएर नागरिकता लिएको आरोप लगाएको छ।
३. उर्बानो भाज्क्वेज ओर्टेगा (उमेर ५३/मेक्सिको):
उर्बानो भाज्क्वेज ओर्टेगा विरुद्ध नागरिकता खारेजीको मुद्दा दायर गर्दा , उनले वासिङ्टन, डि.सी. को एउटा चर्चमा पादरीका रूपमा काम गर्दा बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए।
मेक्सिकोका नागरिक भाज्क्वेज ओर्टेगाले जुलाई ११, २०१७ मा अमेरिकी नागरिकता पाएका थिए। उनी डिस्ट्रिक्ट अफ कोलम्बियाको सुपेरियर कोर्टबाट दोस्रो-डिग्रीको बाल यौन दुर्व्यवहारका विभिन्न भूँदाहरूमा दोषी ठहरिएका थिए।
सन् २०१५ देखि २०१७ को बीचमा, भाज्क्वेज ओर्टेगाले पीडितहरूका संवेदनशील अंगहरू समात्ने र एक पटक नाबालिक बालिकाको मुखमा आफ्नो जिब्रो छिराउने जस्ता कार्य गरेका थिए।
सन् २०१९ मा भाज्क्वेज ओर्टेगालाई १५ वर्षको जेल सजाय सुनाइएको थियो र उनी हाल कारागारमा छन्। अमेरिकाले भाज्क्वेज ओर्टेगा विरुद्ध उनको नागरिकता खारेज गर्न पाँच-बुँदे उजुरी दायर गरेको छ, किनभने उनले अमेरिकी नागरिकता पाउनु अघि, नागरिकता लिने क्रममा र नागरिकता पाइसकेपछि पनि यी अपराधहरू गरेका थिए।
४. मुर्तजा अली (उमेर ६५/पाकिस्तान):
अली पाकिस्तानका नागरिक हुन् जसले “मुहम्मद इकबाल” को नक्कली नाम प्रयोग गरी अध्यागमन सुविधा प्राप्त नगरेसम्म विभिन्न नक्कली नामहरूबाट धेरै आवेदनहरू दिएका थिए।
अलीले “मुहम्मद इकबाल” को नाममा स्थायी बसोबासको अनुमति पाए र त्यसपछि सन् २००९ मा सोही नामबाट नागरिकता लिए। अलीले नागरिकता लिएपछि, एक औंठाछाप विशेषज्ञले “मोर्तजा अली” र “मुहम्मद इकबाल” को नाममा गरिएका आवेदनहरूमा भएका औंठाछाप एउटै व्यक्तिको भएको पत्ता लगाए।
फलस्वरूप, टेक्सासको नर्दन डिस्ट्रिक्टका अमेरिकी सरकारी वकिलले अलीमाथि अमेरिकी एजेन्सीलाई गलत सामग्री बुझाएको आरोप लगाए। सन् २०१४ मा अलीले आफूले तीनवटा फरक पहिचान प्रयोग गरेर अध्यागमन सुविधाका लागि तीनवटा छुट्टाछुट्टै आवेदन दिएको स्वीकार गर्दै दोष स्वीकार गरे।
जुलाई १४, २०२६ मा, अमेरिकाले टेक्सासको नर्दन डिस्ट्रिक्टमा अली विरुद्ध चार-बुँदे नागरिकता खारेजीको मुद्दा दायर गर्यो। उजुरीमा अलीले अध्यागमन ठगी गरेको, नैतिक चरित्रमा आँच आउने गैरकानुनी काम गरेको, शपथ लिएर झूटो बयान दिएको र तथ्य लुकाएर नागरिकता लिएको आरोप लगाइएको छ।
५. जिम्मी अगुएरो (उमेर ५१/पेरु):
अगुएरोले अक्टोबर ६, २०१५ मा अमेरिकी नागरिकता पाउनुअघि आफ्नी नाबालिग सौतेनी छोरीमाथि पटक-पटक यौन दुर्व्यवहार गरेका थिए। एक ज्युरीले अगुएरोलाई नाबालिगको यौन दुर्व्यवहार गरेको आठवटा बुँदामा दोषी ठहर गर्यो र उनलाई १० वर्षको जेल सजाय सुनाइयो।
न्याय मन्त्रालयले दायर गरेको उजुरीमा अगुएरो आफ्नो अपराधका कारण कानुनी रूपमा ‘राम्रो नैतिक चरित्र’ भएको प्रमाणित गर्न असमर्थ भएको र उनले महत्त्वपूर्ण तथ्यहरू लुकाएर नागरिकता प्राप्त गरेको उल्लेख छ।
६. एन्टोनियो अल्कान्तारा-रुइज (उमेर ५३/मेक्सिको):
अमेरिकाले एन्टोनियो अल्कान्तारा-रुइज (उर्फ इमिलियानो क्विन्टाना-गोन्जालेज, उर्फ एन्टोनियो क्विन अल्कान्तारा) विरुद्ध नागरिकता खारेजीको मुद्दा दायर गर्यो, जसले नागरिकता सुरक्षित गर्न आफ्नो पहिचान झूटो रूपमा प्रस्तुत गरेका थिए।
नागरिकता प्रक्रिया सुरु हुनु अघि, अल्कान्ताराले एक मेक्सिकन नागरिकबाट पहिचान सम्बन्धी कागजातहरू किनेका थिए र ती कागजातहरू प्रयोग गरेर नयाँ ग्रीन कार्ड बनाएका थिए । जसमा अल्कान्तारा-रुइजकै फोटो र औंठाछाप थियो। त्यसपछि अल्कान्तारा-रुइजले आफ्नो नागरिकताको समर्थनमा तिनै झूटो कागजातहरू प्रयोग गरे।
उनको नागरिकता रद्द गर्न अल्कान्तारा-रुइज विरुद्ध ४-बुँदे उजुरी दायर गरेको छ।
७. ओमार कान्तु-मोन्टाल्भो (उमेर ४४/मेक्सिको):
कान्तु-मोन्टाल्भो मार्च १९९६ मा अमेरिका प्रवेश गरेका थिए र पछि स्थायी बसोबासको अनुमति पाएका थिए। जब उनले जुलाई २००५ मा नागरिकताको लागि आवेदन दिए, उनले आफ्नो आवेदनमा आफूले पक्राउ नपरेको कुनै पनि अपराध वा कसूर कहिल्यै नगरेको उल्लेख गरे। पछि उनले आफ्नो नागरिकता अन्तर्वार्ताको क्रममा पनि सोही दाबी दोहोऱ्याए।
उनको आवेदन स्वीकृत भयो र उनले डिसेम्बर २००५ मा नागरिकता पाए। तर, अप्रिल २०१६ मा कान्तु-मोन्टाल्भोले संघीय जिल्ला अदालतमा ५ किलोग्राम भन्दा बढी कोकिन वितरण गर्ने उद्देश्यले कब्जामा राख्ने षड्यन्त्रमा सामेल भएको स्वीकार गरे—जुन षड्यन्त्रमा उनी अप्रिल २००५ मै सामेल भएका थिए, अर्थात् उनले नागरिकताको लागि आवेदन दिनुभन्दा केही महिना अघि।
उनको अपराधका लागि अदालतले उनलाई एक सय महिनाको जेल सजाय र त्यसपछि पाँच वर्षको निगरानीको सजाय सुनाएको थियो। जुन १५, २०२६ मा, अमेरिकाले कान्तु-मोन्टाल्भोको नागरिकता खारेज गर्न उजुरी दायर गर्यो किनभने लागूऔषध सम्बन्धी अपराधका कारण उनी ‘राम्रो नैतिक चरित्र’ प्रदर्शन गर्न असमर्थ थिए र उनले गैरकानुनी रूपमा नागरिकता लिएका थिए।
यसका साथै, कान्तु-मोन्टाल्भोले नागरिकता लिने क्रममा आफ्नो अपराध जानाजानी लुकाएका हुनाले उनी नागरिकता खारेजीको भागीदार भएका हुन्।
८. फ्रान्सिस्को मोन्टानो (उमेर ५९/मेक्सिको):
मोन्टानो फेब्रुअरी १९८७ मा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए, तर जब उनले सन् १९९७ मा नागरिकताका लागि आवेदन दिए, मोन्टानोले नागरिकता प्रक्रिया अघिको अनिवार्य पाँच वर्षको ‘राम्रो नैतिक चरित्र’ को अवधिमा आफूले बच्चामाथि यौन दुर्व्यवहार गरेको कुरा लुकाए।
मोन्टानोलाई पछि टेक्सस राज्यको अदालतले सोही पाँच वर्षको अवधिमा भएको तीव्र यौन दुर्व्यवहारको दुईवटा बुँदा र बच्चासँग अश्लीलताको चारवटा बुँदामा दोषी ठहर गरेको थियो।
मोन्टानोले नागरिकता पाउन नहुने भएकाले, जुन ३० मा टेक्ससको साउदर्न डिस्ट्रिक्टमा उनको गैरकानुनी रूपमा प्राप्त नागरिकता खारेज गर्न उजुरी दायर गरियो ।
९. मार्सिन स्टानिस्लाभ गार्बाच (उमेर ४७/पोल्याण्ड):
पोल्याण्डका नागरिक र भूतपूर्व रोमन क्याथोलिक पादरी गार्बाच सन् २००८ मा वैध स्थायी बासिन्दा बनेका थिए र सन् २०१४ मा अमेरिकी नागरिकका रूपमा नागरिकता पाएका थिए।
नागरिकता प्राप्त गर्नुअघि गार्बाचले र्यापिड सिटी, साउथ डाकोटाको डायोसिस भित्रका तीनवटा चर्चहरूबाट संकलन भएको करिब २ लाख ५९ हजार ६ सय ९६ अमेरिकी डलर नगद चोर्ने योजना बनाएका थिए।
गार्बाचले पोल्याण्डको चर्च भ्रमणको क्रममा एक १७ वर्षका किशोरले नुहाइरहेको गोप्य रूपमा रेकर्ड पनि गरेका थिए। गार्बाचले नागरिकता प्रक्रियाभरि यो आपराधिक आचरण लुकाए। गार्बाच पछि वायर ठगी, झूटो कर विवरण पेश गरेको र विदेशी भूमिमा नाबालिग जोडिएको अवैध यौन आचरणमा संलग्न भएको लगायतका विभिन्न संघीय अपराधहरूमा दोषी ठहरिए।
वासिङ्टनको वेस्र्टन डिस्ट्रिक्टमा चार-बुँदे नागरिकता खारेजीको मुद्दा दायर गर्दै गार्बाचले आवश्यक राम्रो नैतिक चरित्रको अभावमा गैरकानुनी रूपमा नागरिकता लिएको, शपथ अन्तर्गत झूटो बयान दिएको र तथ्यहरू लुकाएर नागरिकता प्राप्त गरेको आरोप लगाएको छ।
१०. मार्टिन गर्सिया कार्डिएल (उमेर ६०/मेक्सिको):
मार्टिन गर्सिया कार्डिएलको नागरिकता खारेजीको माग गर्दै युटाहको जिल्ला अदालतमा उजुरी दायर गरिएको छ । गर्सिया कार्डिएल डिसेम्बर २००० मा अमेरिका प्रवेश गरेका थिए र पछि स्थायी बसोबासको अनुमति पाएका थिए।
जब उनले सन् २०११ मा नागरिकताको लागि आवेदन दिए, उनले आफ्नो आवेदनमा आफू पक्राउ नपरेको कुनै पनि अपराध कहिल्यै नगरेको लेखेका थिए।
उनले आफ्नो आवेदनमा कुनै पनि अध्यागमन सुविधाका लागि आवेदन दिँदा अमेरिकी सरकारको कुनै पनि अधिकारीलाई कहिल्यै झूटो वा भ्रमपूर्ण जानकारी नदिएको पनि उल्लेख गरेका थिए।
उनले अक्टोबर २०११ मा नागरिकता पाए। तर, सन् २०२२ मा युटाह राज्यको एक ज्युरीले गर्सिया कार्डिएललाई सन् २००७ मा गरेका कार्यहरूको आधारमा बच्चाको तीव्र यौन दुर्व्यवहारको १९ वटा बुँदामा दोषी ठहर गर्यो।
अदालतको सुनुवाइका क्रममा आएका प्रमाणहरूले दुई पीडितहरू उनका छिमेकी दिदीबहिनीहरू थिए, र दुर्व्यवहार सुरु हुँदा उनीहरू ७ र ८ वर्षका मात्र थिए भन्ने देखायो। गर्सिया कार्डिएललाई लगातार १५ वर्षदेखि जन्मकैदसम्मको जेल सजाय सुनाइएको थियो।
















