नेपालमा ओरालो लाग्दै छ कोरोना ग्राफ

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / नेपालले कोरोना भाइरसको तेस्रो चरणको पिक पार गरेको प्रस्ट भएको छ ।
पछिल्ला दिनमा सङ्क्रमणको दर घटी रहेको छ । शनिवार थप ४ हजार ९०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ वटा नमुना परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना सङ्क्रमित निको भएका छन् ।
शनिवार कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ रहेको छ ।यसै गरी काठमाडौँमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।