डिस्का ओपन २०२६ : आयोजक टिम पहिलो
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / डिस्का ओपन २०२६ मा आयोजक टिम ६६ पदक सहित पहिलो भएको छ ।
पेन्सिल्भेनियाको ह्यारिसबर्गमा शनिवार सम्पन्न एक दिने प्रतियोगितामा आयोजक ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले कुल १८ स्वर्ण जित्यो ।
प्रतियोगितामा सर्वाधिक ६० खेलाडी उतारेको डिस्काले १७ रजत र ३१ कास्य थप्यो ।
आयोजक पछि सबै भन्दा धेरै स्वर्ण इन्टरनेश्लन सितोरियो कराते डो एसोसिएसन अफ युएसए (इस्का) जित्यो । नौ खेलाडी सहित ओहायोबाट ह्यारिसबर्ग आएको इस्काले आठ स्वर्ण तीन रजत र दुई कास्य सहित १४ जित्यो ।
पेन्सिल्भेनियाको कार्लल स्थित राइजिङ कराते एकेडेमीले सात स्वर्ण चार रजत र तीन कास्य सहित कुल १३ पदक जित्यो ।
गोशिन रियु ट्रेडिसनल शोतोकान करातेले ६ स्वर्ण एक रजत र दुई कास्य पदक जित्यो । यस्तै डाइनामिक यूनाइटेड सितोरियो कराते डोले एक स्वर्ण चार रजत र तीन कास्य पदक जित्यो ।
पेन्सिल्भेनियाका विभिन्न शहर सहित ओहायो, न्यू योर्क र भ्रमणका गरि १२ वटा डोजोका एक सय खेलाडीले प्रतियोगितामा चुनौती पस्किएका थिए ।
राज्यतर्फको प्रतिस्पर्धामा पेन्सिल्भेनियाका खेलाडीहरूले २३ स्वर्ण, २४ रजत र ३३ कास्य सहित कुल ८० पदक आफ्नो नाम गरे। यसैगरी ओहायो ११ स्वर्ण र कुल २९ पदक सहित दोस्रो तथा न्यु योर्क ९ स्वर्ण र १४ पदक सहित तेस्रो स्थान ओगट्न सफल भए।

















