पेन्सिलभेनियामा ‘श्री भविष्य पुराण महोत्सव’ भव्यताका साथ सम्पन्न: १ लाख ३० हजार डलर दान सङ्कलन
ह्यारिसबर्ग पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसबर्गमा विगत आठ दिन देखि जारी ‘श्री भविश्ष पुराण महोत्सव’ शुक्रवार सकिएको छ ।
हिन्दू धर्म तथा सांस्कृतिक संगठन ओएचआरसीको आयोजनामा मे २२ तारिख शुक्रवार देखि ह्यारिसबर्ग स्थित श्रीलक्ष्मीनारायण हरिहर धाममा पुराण महोत्सव शुरु भएको थियो ।
महोत्सवको पहिलो दिन कलश यात्रा गरिएको थियो । मन्दिरको पार्किङमा ठूलो पाल टाँगेर बनाइएको मञ्चमा मे २३ तारिख शनिवार देखि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाद्वारा कथा वाचन भएको थियो ।
कथा वाचनको बीच बीचमा भजन कीर्तन गर्ने गरिएको थियो । महोत्सवमा जेष्ठ नागरिक देखि युवा पुस्ता र बालबालिकाहरूको समेत सहभागि रहेको थियो ।
महोत्सवको अन्तिम दिन शुक्रवार पनि देवी प्रतिभाद्वारा कथा वाचन, भजन कीर्तन गरिएको थियो । यस्तै भक्तजनहरूलाई कलश प्रदान समेत गरिएको थियो ।
पुराणमा एक लाख ३० हजार अमेरिकी डलर बढी दान संकलन
‘श्री भविश्ष पुराण महोत्सव’ मा एक लाख ३० हजार अमेरिकी डलर भन्दै दान प्राप्त भएको आयोजकले जनाएको छ।
हिन्दू धर्म तथा सांस्कृतिक संगठन ओएचआरसीकी कोषाध्यक्ष सरस्वती घिमिरे आचार्यले अनुसार अपेक्षा गरिए भन्दा केही कम भए पनि यो उत्साह जनक हो ।
‘हामीले हरिहर धामको पूर्वाधार सुधारको उद्देश्य सहित यो महोत्सव आयोजना गरेका हौ ।’ महोत्सवको अन्तिम दिन कोषाध्यक्ष सरस्वती घिमिरे आचार्यले भनिन्, ‘हाम्रो लक्ष्य एक लाख ५० हजार भन्दा धेरै उठाउने थियो केही कम भयो ।’
देवी प्रतिभा ओएचआरसी सल्लाहकार नियुक्त
अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा हिन्दू धर्म तथा सांस्कृतिक संगठन ओएचआरसीको सल्लाहकार नियुक्त भएकी छिन् ।
पेन्सिल्भेनियाको ह्यारिषबर्गमा मे २२ तारिख शुक्रवार देखि शुरु भएको ‘श्री भविश्ष पुराण महोत्सव’ को अन्तिम दिन मे २९ तारिख देवी प्रतिभालाई ओएचआरसीको सल्लाहकार नियुक्त गरिएको घोषणा गरिएको हो ।
ओएचआरसीका कार्यकारी निर्देशक डा. तुलाराम न्यौपानेले सो घोषणा गरेका हुन्। कार्यक्रममा देवी प्रतिभालाई ओएचआरसीको तर्फबाट अभिनन्द पनि गरिएको थियो
महोत्सवमा एक साता सम्म देवी प्रतिभाद्वारा दैनिक रुपमा कथा वाचन हुँदै आएको थियो ।
ओएचआरसीका कार्यकारी निर्देशक न्यौपाने २० हजार भन्दा धेरै भक्तजनले महोत्सव अवलोकन गरेको दाबी गरे।

















