टोकियो फिल्म फेस्टिभलसम्म पुग्यो ‘यो मन त मेरो नेपाली हो’
अर्जुन प्रधान
भर्जिनिया, अमेरिका / नेपाली भाषी भूटानी समुदायको विस्थापन र पहिचानको कथा बोकेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘टोकियो लिफ्ट-अफ फिल्म फेस्टिभल २०२६’का लागि आधिकारिक रूपमा छनोट भएको छ।
निर्देशक मित्र प्रधान (नर)को यस चलचित्रले एक सय पाँच भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मलाई पछि पार्दै फेस्टिभलमा स्थान बनाएको हो।
यसअघि चलचित्रले युकेको मिल्टन केन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ मा उत्कृष्ट छायांकन पुरस्कार तथा सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल २०२५ मा “उत्कृष्ट फिचर फिल्म” अवार्ड प्राप्त गरिसकेको छ।
भूटानी नेपाली भाषी समुदायको भाषा, पहिचान र निर्वासनको पीडालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमाको उपस्थितिलाई थप बलियो बनाएको छ।
“यो मन त मेरो नेपाली हो” का निर्देशकले यो चलचित्रलाई नेपाली भाषा, पहिचान र विस्थापित समुदायको भावनात्मक कथालाई सम्मान गर्ने सिर्जनात्मक प्रयासका रूपमा प्रस्तुत गरेका छन्। तर दुखद कुरा चाही नेपालीहरूले भन्दा पनि अन्य भाषीहरूले यसलाई जोड दिई हेरिरहेका छन् र सबै नेपालीमा आग्रह गरिएको जनाए ।



















